Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज, मन्त्रिपरिषदमा माधव समूहलाई समेट्ने ओलीको तयारी 

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो शीतल निवासमा हुनेभएको छ ।

संविधानको धार ७६(२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको बहुमतको सरकार गठन गर्न दिएको तीन दिनको समयसीमा भित्र कसैको पनि प्रस्ताव नआएकोले धारा ७६(३) अनुसार संसदमा सबैभन्दा ठुलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्रीको रुपमा राष्ट्रपति भण्डारीले ओलीलाई बिहीबार राति नियुक्त गरेकी थिइन ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वास गुमाएपछि संविधान अनुसार स्वतः पदमुक्त भएका थिए । प्रधानमन्त्रीको सपथ ग्रहण सकिए लगत्तै ओलीले माधव समूहलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । ओली पदमुक्त भएसंगै हटेका मन्त्रिहरुको सवालमा पुनः दोहोर्याने मनस्थितिमा रहेका छन् । यसरी नियुक्त भएका प्रधानमन्त्री ओलीले तीस दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । तीस दिनभित्र विश्वासको मत पाउन नसके उनी स्वतः पदमुक्त हुनेछन् । विश्वासको मत पाएको खण्डमा दुई वर्ष काम गर्न पाउनेछन् । 

एमाले संसदीय दलका नेता समेत रहेका ओलीको यो तेस्रो पटक सपथग्रहण हो । यसअघि ०७२ सालको संविधान जारी भएपछि माओवादी र एमालेको संयुक्त सरकारका प्रधानमन्त्री भएका थिए । ०७४ सालको निर्वाचनमा माओवादी र एमाले एकीकरण भएपछि झण्डै दुई तिहाइको प्रधानमन्त्रीकोरुपमा सिंहदरबार प्रवेश गरेका थिए । 
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: