Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भक्तपुरको रिसोर्ट पुर्याइए महन्त ठाकुर पक्षिय सांसद

खबरडबली संवाददाता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ महन्थ र राजेन्द्र महतो पक्षका सांसदहरू एकै ठाउँमा भेला भएका छन्। सरकार गठनका लागि विपक्षी दलहरूलाई दिइएको समयसीमा सकिनै लाग्दा जसपाका ठाकुर पक्षीय सांसदहरू एकै ठाउँमा भेला भएका हुन्।

अध्यक्ष ठाकुरले आफू पक्षका सांसदलाई पार्टी कार्यालय बबरमहलबाट लिएर भक्तपुरको एक रिसोर्टमा राखेका छन्। एक सांसदले भने, ‘अहिले हामी एक रिसोर्टमा छौँ। हामी पक्षकालाई यहाँ ल्याइएको छ। १७ सांसदमध्ये १३ जना रिसोर्टमा छौँ।’

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। ‘कुन रिसोर्टमा भन्न मिल्दैन। यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ। सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,’ ती सांसदले भने। जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन्।

ठाकुर र महतोले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए। उनीहरुबीच के कुरा भयो भन्ने बाहिर आएको छैन। देउवालाई भेटेर आएपछि अध्यक्ष ठाकुर र महतो पक्षको सांसद भेला भएका हुन्।

जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकारका पक्षमा छन् भने ठाकुर र महतो कुनै पनि सरकार निर्माणमा संलग्न नभएर तटस्थ बस्ने लाइनमा छन्। जसपा दुई धारमा विभाजित भएपछि काँग्रेसले बहुमतको दाबी पेस गर्ने नगर्ने अन्योल छ। काँग्रेसलाई बहुमतको दाबी गर्न एकीकृत जसपा आवश्यक छ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्मा मागेको विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्। दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार दाबी गरेर राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने आज बेलुका ९ बजे अन्तिम समय तोकिएको छ। समयसीमा अगावै निवेदन पेस नभए संविधान ७६ (३) अनुसार संसद्मा रहेको सबैभन्दा ठुलो दलको रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन्।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies