Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

यस्तो छ संसद्‍मा ओलीको जवाफ : हलो अड्‍काएर गोरु पड्‍काउने काम भयो

संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिनुस् : ओली

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा जवाफ दिएका छन् । सोमबार संसद्‌मा दलका नेताहरूले गरेको प्रश्‍नको जवाफ दिएका हुन् । प्रत्येक जवाफमा ओलीले नेताहरूप्रति व्यङ्‍य गरेका छन् ।

समर्थन पनि फिर्ता लिन नमान्‍ने अनि अविश्वासको प्रस्ताव पनि नगरेर विश्वासको मत लिन ढिला भएको बताए । आफुले डेढ महिना कुरेको उनले दाबी गरे । ओलीले नेपाली उखान सुनाउँदै भने 'हलो अट्‍काएर गोरु पड्‍काउने' काम भयो ।

भीरबाट हामफाल्ने, गुरुत्वाकर्षणलाई दोष दिने ?
‘मैले पाँचै वर्ष चलाउने हो भने मत दिनु मिलेर काम गरौँ,’ ओलीले भने, ‘भीरबाट हामफाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’ लोकतान्त्रि प्रणालीको चिन्ता गर्नुभयो, एक जनाले । १०-१५ वर्षअगाडि लडाइँकै मैदानमा हुनुहुन्थ्यो । आज तरकदारी गर्दा मलाई खुसी लागेको छ ।’ 

अचेल पापधर्म भन्ने पनि छैन ?
‘देशमा कुल बेडको संख्या २७ हजार माथि छन् । जसमध्ये सरकारी मात्रै १६ हजार छन् । आठ हजार बेडमा बिरामी छन् । कहीँ चापाचाप होला । विभिन्न ठाउँमा नयाँ नयाँ बेड राख्या छ,’ ओलीले भने, ‘कोभिडको न्यूनिकरणमा सरकारले केहीँ पनि गरेन भन्नु भएन । बरु केहीँ काम गर्न पुगेन भनौं  । भ्याक्सिन निर्माण हुने मुलुकसँगै खोप लगाउने काम सुरु भएको छ । केहीँ पनि गरेन भन्ने ? अचेल पापधर्म भन्ने पनि छैन ।’ 

सस्तोमै कोरोना भ्याक्सिन खरिद
ओलीले कोरोनाको भ्याक्सिन सस्तोमै खरिद गरिएको बताएका छन् । 'यो सोझै कम्पनीसँग डिल गरेर खरिद गर्‍या हो, चार डलरभन्दा बढी खर्च गरी भ्याक्सिन खरिद गरिएको छैन, यो अन्तर्राष्ट्रिय मान्यता अनुसारको रेट हो, यो सार्वजनिक छ', उनले भने,'आउन ढिलो भयो, व्यापारीले कमिसन नपाएर ल्याएनन्, यसबारेमा मलाई जानकारी भएन, जानकारी हुनेले मलाई भन्दिनु होला, म कारबाही गर्न तयार छु ।'

संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिनुस्
त्‍यस्तै ओलीले पाँच वर्ष चलाउने हो भने आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिन आग्रह गरेका थिए ।

आजै संसद्को आदेशसँगै मार्ग प्रसस्त भइहाल्छ
ओलीले आफूमाथि विश्वास नभएको पुष्टि भयो भने मार्ग प्रसस्त गरिदिने बताएका छन् । 'विश्वासको मत भनेको आरोप प्रत्यारोप होइन, यो संदभित्रको प्रक्रिया हो, ममाथि विश्वास छैन भन्ने पुष्टि भयो भने मैले मार्ग प्रसस्त गर्दिनुपर्छ' ओलीले भने 'संसद्ले आदेश देओस् आज, संसद्को आदेशसँगै मार्ग प्रसस्त भइहाल्छ ।'

धरहरा नबनी टुप्पोमा कसरी पुगेँ होला ?
ओलीले धरहरा पूरा निर्माण नभई उद्घाटन गरेको भन्दै आलोचना गर्नेहरुलाई धरहरा निरीक्षण गर्न अनुरोध गरेका छन् । ‘धरहरा तयारै नभई उद्घाटन गर्‍यो भन्ने आरोप आयो । धरहरा नबनी टुप्पोमा कसरी पुगियो होला ? माननीयज्यूहरूलाई टुप्पोमा जान आग्रह गर्दछु,’ माधवकुमार नेपाललाई इकिंत गर्दै ओलीले भने, ‘एउटा मित्रलाई होटलबाट धरहरा देखाएको थिए। धरहरा देखिँदो रैछ भनेर मैले देखाएँ । तर उहाँले भाषणमै धरहरा देखायो भन्नुभयो । धरहरा हेर्नु भन्नै नहुने हो ?’ 

अध्यादेश संवैधानिक व्यवस्था हो
‘अध्यादेश संवैधानिक व्यवस्था हो । स्मरण राखौं । लोकसेवा आयोग रिक्त छ । कर्मचारी प्रशासन ठप्प छ । बढुवा नहुने स्थिती छ । त्यस स्थितिलाई हामीले अन्त्य गर्नुपर्‍यो । यस्तो अवस्थामा सुनुवाई गर्ने सुनुवाइ समिति छ,’ ओलीले भने, ‘अरु अध्यादेश त यसै संसद्‍ले छलफल गर्ने हो । पास गरे संसद्‍ले गर्छ । एसिड आक्रमण जस्तो संवेदनशील विषलाई लिएर अध्यादेश जारी गरिएको थियो । बलात्कार जस्ता घटना रोक्न बनाइएको थियो । संसद्‍ बैठक बसेको पहिलो बैठमा नै पेश गर्नुपर्थ्यो । तर, त्यसलाई अघि बढ्न दिइएन ।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending