Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

कोरोनाको कारण पण्डितको पिरलो

रासस

पोखरा । कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ । 

मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित  कर्म गर्ने  सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताए । पौडेलले भने, ‘हिन्दू धर्मसंस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन् ।’ उनले स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने पाउने वातावरण बनाइदिन प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताए । 

‘पत्रकार स्वास्थ्यकर्मीलगायत अन्यले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरुले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै चिन्तासमेत व्यक्त गरे । 

मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा  कोभिड –१९ को जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर  खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिए । 

विश्व हिन्दू महासंघका अध्यक्ष पार्वती पौडेलले वर्तमान अवस्थाका कारण हिन्दू धर्मसंस्कारअनुसार गरिने विधि हुन नपाएको गुनासो गरे । ‘अहिलेको कठिन अवस्थामा हाम्रा धर्म संस्कारहरु पनि मासिँदै छन् । स्वास्थ्य पहिलो प्राथमिकता हो, सँगसँगै स्वास्थ्य सतर्कतासहित गर्न मिल्ने सांस्कारिक कर्म गर्न प्रशासनले रोक्नुहुँदैन ।’ उनले हिन्दू धर्ममा १६ संस्कार गर्ने चलन रहेकामा कोरोना भाइरसका कारण यस्ता कर्मबाट वञ्चित हुनुपरेको सनाए ।

परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने  तथा कोरोनाका कारण मृत्यु भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उनले जोड दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending