काठमाडौँ । सत्तारुढ नेकपा एमाले फुटको संघारमा छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधा र विधान मिचेर आफुहरुलाई पेलेको भन्दै उनीप्रति झलनाथ खनाल-माधव नेपाल समूह रुष्ट छ ।
पार्टीभित्रै विवाद तीब्र रुपले झाँग्गिएको अव्था ओलीले २७ गते विश्वासको मत लिने भन्दै संसद्को विशेष अधिवेशन आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरे । सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले संसद् बैठक आह्वान गरिन् । त्यसपछि एमालेभित्र विवादले अर्को रुप लियो ।
अहिले सबैलाई चासो छ २७ गते खनाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ला कि नगर्ला ? तर उक्त समूहभित्र ओलीलाई सहयोग गर्न नहुने सबैको एकै स्वर छ । ओलीलाई सहयोग नगर्ने भए अब कसरी अगाडि बढ्ने त ? उक्त समूहभित्र यो प्रश्न निकै उठ्ने गर्छ । तर अहिलेसम्म ओलीलाई कसरी असहयोग गर्ने भन्ने खनाल-नेपाल समूहले औपचारिक निर्णय नगरे पनि अधिकांशको माग छ 'अब सांसदहरूले सामूहिक राजीनामा दिने' । तर कतिपयले 'फ्लोर क्रस' गर्ने पनि बताइरहँदा उक्त समूहले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेको छ ।
ओलीले राजनीतिलाई गलत दिशामा लगेको उक्त समूहको आरोप छ । 'हामीभित्र अब कसरी जाने भन्ने छलफल जारी छ' खनाल-नेपाल समूह निकट सांसद घनश्याम भुसालले भने 'सम्भवत २५ गतेभित्रै हामी हाम्रो धारणा सार्वजनिक गर्छौँ ।' 'फ्लोर क्रस' भन्दा राजीनामा नै उपयुक्त विकल्प भएको धेरैको भनाइ रहेकाले राजीनामा नै अन्तिम विकल्प हुन सक्ने भुसालले बताए । यदी ओलीलाई सहयोग गरेर गए पनि भोलिपल्टैदेखि कारबाही गर्न सक्ने उक्त समूहले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: