काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार आज दुई जहाज कम्पनी तथा १० हेलिकोप्टर कम्पनीले ४१ उडान गरेका छन् । यी उडानबाट १७८ यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार सबै उडान पर्वतारोहणमा जानेका लागि उद्धार उडान तथा कार्गो उडानको हो । वसन्त यामको हिमाल आरोहण चलिरहेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गन्तव्यमा जान पनि अहिले धेरै हेलिकोप्टरको उडान छ । सबैभन्दा बढी लुक्लामा हेलिकोप्टर उडान भइरहेको छ ।
आज यती एयरलाइन्सको दुई, समिट एयरको दुई र सीता एयरको एक उडान भएको छ । त्यसैगरी हेलिकोप्टरतर्फ अल्टिच्युट एयर, सिम्रिक एयर र प्रमु हेलिकोप्टरले समान ६ उडान गरेका छन् । कैलाश हेलिकोप्टर र मनाङ एयरले समान पाँच तथा हेली एभरेष्ट, माउन्टेन हेलिकोप्टरले समान दुई उडान गरेका छन् । मनाङ एयरले तीन र एयर डाइनेस्टिले एक उडान गरेको विमानस्थलले जनाएको छ । यसअघि मङगलबार आन्तरिकतर्फ हेलिकोप्टरको २३ तथा नेपाल एयरलाइन्सको एक र बुद्ध एयरको दुई उडान भएको थियो ।
अन्तरराष्ट्रियतर्फ आगमन र प्रस्थान दुबैगरी ४३ उडान भएको विमानस्थलले जारी गरेको उडान विवरणमा उल्लेख छ । त्यसअघि वैशाख २० गते विभिन्न एयरलाइन्सका ४१ उडानमार्फत सात हजार २२५ यात्रुले सेवा लिएका थिए । अन्तरराष्ट्रिय उडान २३ गते रातिदेखि स्थगित हुनेछ । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: