Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

खबरडबली संवाददाता

काठमाडौँ । यो वर्ष मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत० वर्षा हुने अनुमान छ । 

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा ९हिउँ० हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिए । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो ।

औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ । विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्‍याएको ठाउँमा  र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिन्छिन् ।

प्राप्त विवरणमा लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ९३५ देखि ४५ प्रतिशत० हुने, र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । यसपाली आगामी जेठ १८ देखि नेपालमा मनसुन भित्रिँदै छ । यसको अवधी असोज १४ सम्म रहने जनाइएको छ । गत वर्ष मनसुन शुरु भएको दिनदेखि नै भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमा बाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान गरिएको छ । 

विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जलतथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको जनाएको छ । 

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायू प्रारूपको मनसुन अवधिको आँकलन, यूरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिएको हो । 

'यद्यपि पनि जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायूमण्डलीय प्रणाली, भूउपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारूपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न कठिन हुन्छ, हामी बेलाबेलामा पुर्वानुमान अपडेट गराउँदै जानुपर्छ, त्यो गर्छौँ पनि',  डा कँडेलले भने ।

यसरी आँकलन निर्माणका लागि यही वैशाख १५ गते दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मालगायत ९ देशका मौसमविद्को सहभागिता थियो । उक्त सम्मेलनमा विश्व मौसम सङ्गठन, त्यसको क्षेत्रीय लजवायु केन्द्र भारत, युके मेट अफिस वेलायत, रिम्स थाइल्याण्ड, ईन्टरनेशनल रिसर्च इन्स्टिच्युट अमेरिका, जापान मेट्रोलोजिकल एजेन्सीलगायत संस्थाका विज्ञको सहभागिता थियो । वरिष्ठ मौसमविद् बरुण पौडेल यसपालीको प्रिमनसुन र जाडोको समयमा खडेरी भए पनि अबको मनसुनमा हुने वर्षा आँकलनले सावधानी अपनाउनु पर्ने आवश्यकता औँल्याएको बताउँछन् । 'पहाडी भूभाग र जोखिम क्षेत्र भनेर पहिचान भएको क्षेत्रमा पहिरो जान सक्छ, सम्बन्धित निकाय आजैदेखि तयारीमा जुट्नुपर्छ, सर्वसाधारंण पनि चनाखो हुनुपर्छ ', पौडेलले भने ।
 
दक्षिण एसियाको पनि वर्षा आँकलन 
विज्ञहरूले दक्षिण एसियाका धेरै मुलुकमा मनसुनका अवधिमा सरदरभन्दा बढी वर्षा हुने निष्कर्षका साथ साझा दृष्टिकोण सार्वजनिक गरेका छन् । दक्षिण एसियाका उत्तर–पश्चिम, हिमालका काख, उत्तर–पूर्व भेगका केही भूभाग तथा मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्ष हुने आँकलन गरिएको छ । सुदुर उत्तर–पश्चिम, र उत्तर–पूर्वका भागका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन छ । 

प्राप्त विवरणअनुसार गत वर्ष सन् २०२० को जुलाइबाट प्रशान्त महासागरमा शुरु भएको मध्यमस्तरको ‘लानिना’ हाल आएर अत्यन्तै कमजोर भई झण्डै तटस्थ अवस्थामा रहेको र आगामी मनसुन अवधिमा ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटथ नै रहे पनि मनसुनको अवधिको अन्त्यतिर ऋणात्मक  विकसित हुने आँकलन गरिएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending