Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

९ स्थानीय तह रहेको डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

भारतबाट घर फर्किएका नागरिक  सिधै समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै

रासस

डोटी । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताए । दैनिकजसो भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहे पनि बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको दिपायल सिलगढी नगरपालिका–४ का मदन कामीले बताए ।

उनले भने, “जिल्लाबाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेको छैन, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गाह्रो भएको छ ।” जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिवार्य होमक्वारेन्टिनमा बस्न आग्रह गरे पनि भारतबाट आएका गाउँगाउँमा डुल्ने गरेका कारण कोरोनाको बढी जोखिम रहेको स्थानीयवासीले बताए ।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्ममा करिब रु १२ करोड  खर्च गरेका थिए तर यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् ।

तत्कालीन समयमा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् । पछिल्लो समय जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । त्यसमध्ये २२० होम क्वारेन्टिनमा रहेका र १२ को सामान्य उपचार भइरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

सङ्क्रमितमध्ये चारले मात्रै कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिक बिरामी हुँदा र ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मीले बताए । मङ्गलबार मात्रै थप ३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५२ नमूनाको पिसिआर परीक्षण गर्दा २३ तथा ४४ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जना गरी मङ्गलबार साँझ ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताए । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी हालसम्म जिल्लामा पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । उनीहरू सबै गाउँमै गएका र त्यहाँ खुलेआम समाजमा घुलमिल भएका कारण जिल्लामा कोरोना सङ्क्रमण बढ्ने तथा गाउँबाटै कोरोना महामारी फैलिन सक्ने जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताए ।

यहाँका स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेशन निर्माणका लागि पटक–पटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “अस्पतालमा ठाउँ अभाव छ, स्थानीय तहलाई गाउँमै भएका स्वास्थ्य संस्थामा आइसोलेशन तथा क्वारेन्टिन बनाउन हामी र प्रशासनले आग्रह गरिसक्याँै तर अहिलेसम्म बनाएका छैनन्, सङ्क्रमण फैलिए स्थिति भयावह हुने देखिन्छ ।” जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा क्वारेन्टिन तथा आइसोलेशन बनाउन पटक–पटक पत्राचार गर्दासमेत स्थानीय तहका प्रमुखहरूले चासो नदेखाएको आरोप छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies