“हाम्रो सम्बन्ध र विचारमाथि धेरै काम गरेपछि हामी दुबैले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छौं ।”
न्यूयोर्क । माइक्रोसफ्टका संस्थापक तथा सामाजिक क्षेत्रमा चर्चित धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्धविच्छेद भएको छ ।
उनीहरुले ट्विटरमार्फत २७ वर्षसम्म चलेको वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएका हुन ।
“हाम्रो सम्बन्ध र विचारमाथि धेरै काम गरेपछि हामी दुबैले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छौं ।” ट्विटरमा राखिएको वक्तव्यमा भनिएको छ ।
दुबै दम्पत्तिले बिल एण्ड गेट्स नामक दातृ संस्थाको स्थापना गर्दै स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अबौं डलर सहयोग गर्दै आएका थिए । सन् २००० मा स्थापना भएको उक्त संस्थाले स्वास्थ्य, गरिबी निवारणलगायतका क्षेत्रमा हालसम्म ५३.८ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ ।
“हामीले तीनजना अविश्वसनीय बच्चालाई हुर्कायौं र संसारभरिका जनतालाई स्वस्थ्य तथा उत्पादनशील जीवन बाँच्नका लागि काम गर्ने आधारस्तम्भ बनायौं ।” वक्तव्यमा भनिएको छ, “हामी हाम्रो त्यो मिसनमा विश्वास राख्दै फाउण्डेसनको काम भविष्यमा पनि सँगै गर्नेछौं । तर हामी जीवनको अर्को चरणमा भने पतिपत्नीका रुपमा सँगै काम गर्न सक्ने कुरामा विश्वस्त छैनौं ।”
मेलिन्डा गेटसले सम्बन्धविच्छेद पाउनका लागि किङ काउन्टी वाशिङ्टनमा निवेदन दिएकी थिइन । न्यायाधिशले दुबैले छुट्टिन गरेको सम्झौतापत्रका आधारमा निर्णय गरेका थिए । तर सार्वजनिक भएका कागजातहरुम सम्बन्धविच्छेदसँग जोडिएको कुनै पनि वित्तिय विवरण भने सार्वजनिक भएको छैन ।
बिल गेट्स संसारकै धनी व्यक्तिहरुमध्ये एक हुन । गत फेब्रुअरीमा उनको कुल सम्पत्ति १३७ बिलियन डलर थियो ।
६५ वर्षीय बिल र ५६ वर्षीया मेलिन्डाको भेट माइक्रोसफ्तमा नै भएको थियो । उनी त्यो बेला कम्पनीको सिइओ थिए । मेलिन्डाले भने प्रोडक्ट म्यानेजरको रुपमा काम शुरु गरेकी थिइन ।
सन् १९८७ मा दुबैको एउटा डिनर कार्यक्रममा भेट भएको थियो । सन् १९९४ मा दुबैले विवाह गरेका थिए ।
उनीहरुले के कति कारणले सम्बन्धविच्छेद गरेका हुन भन्ने कुरा खुलेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: