Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

उपाध्यक्षले यौन प्रस्ताव राखेपछि जसपा नेतृद्वारा मुद्दा दर्ता

खबरडबली संवाददाता

लहान । जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएकी छन् ।

आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालिका-१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएको जानकारी दिए ।

सर्लाहीको विष्णु गाउँपालिका­४ निवासी उपाध्यक्ष बैठाले गत चैत्र ९ गते राति ११ बजेको समयमा सामाजिक सञ्जाल म्यासेन्जरमार्फत आफूलाई अश्लिल गालीगलौज गरेकाले आफ्नो दाम्पत्य जीवनमा धरापमा परेको नेतृ दासले जाहेरीमा उल्लेख गरेकी छन् ।

उपाध्यक्ष बैठाले मुलुकी अपराध फौज्दारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफा ११८ बमोजिम अभद्र व्यवहार गरेकाले यथाशीघ्र पक्राउ गरी कारबाही गर्न उनले मागसमेत गरेकी छन् ।

जाहेरी परेकाले यस बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending