काठमाडौँ । “प्रेम प्रस्ताव अस्वीकार गरेबापत युवतीलाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार गर्नेजस्ता जघण्य अपराध मात्र होइन नेपाली नारी हरेक पल घरपरिवारभित्रैका आफन्तबाट असुरक्षित छन् । सडक, विद्यालय, कलेज, कार्यालय र कार्यस्थलमा पनि पलपल उनीहरू चिरपरिचित र अपरिचितहरूबाट असुरक्षित छन् ”
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली महिला हकहितको संरक्षण, सशक्तीकरण तथा लैङ्गिक न्याय सुनिश्चित गर्न आयोगलाई चुनौतीपूर्ण बनेको यथार्थ सुनाउँदै सञ्चारकर्मीमाझ भनिन् । आफूले आयोगको नेतृत्व सम्हालेको ७७ औँ दिनमा संवैधानिक आयोगले बितेका एक वर्षमा गरेका कामबारे आज पत्रकारलाई जानकारी गराउँदै उनले कार्यक्षेत्र व्यापक रहेको तर सीमित जनशक्ति, स्रोत साधन एवं प्रदेश र स्थानीय तहमा आयोग सशक्तरुपमा उपस्थित हुन नसकेको बताए । “चुनौतीलाई चिर्दै हामी अघि बढिरहेका छौँ,” महिला अधिकार रक्षाका निम्ति अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन् ।
अहिलेको आधुनिक युगमा सूचना तथा सञ्चार प्रविधिको गलत प्रयोग हुँदा महिला हिंसाका घटना बढेको, वैदेशिक रोजगारीले पारिवारिक विचलन सिर्जना गरेको, खुला समाजको अवधारणाले ल्याएको सँगै बस्ने ‘लिभिङ टुगेदर’ का कारण महिला हिंसाका घटनामा वृद्धि भएको तथा तिनलाई सम्बोधन हुने व्यावहारिक कानूनका अभावमा नारी अस्मिता रक्षा चुनौतीपूर्ण बनेको बताउँदै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले महिलाका विषयमा बेरोजगारी, हिंसाजस्ता थप समस्या सिर्जना गरेको, भारतसँगको खुला सीमाका कारण सिर्जित चेलीबेटी बेचबिखनका घटना तथा शिक्षा, रोजगारी प्राप्तिमार्फत महिलाको सुनिश्चित जीवनको प्रत्याभूति गराउन पनि आयोगका निम्ति थप चुनौतीपूर्ण बनेको वास्तविकता प्रस्तुत गरिन् ।
संविधान, कानून एवं महिला अधिकारसम्बन्धी अन्तरराष्ट्रिय निकायमा नेपालले गरेका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन तथा तिनमाथि हुने सबै किसिमका हिंसा अन्त्य गर्न पाँचवर्षे मार्गचित्र तयारीमा आयोग लागेको जानकारी दिँदै अध्यक्ष पराजुलीले महिला हिंसाका घटनालाई सार्वजनिक गर्दै पीडितलाई न्याय र पीडकलाई सजाय कानूनको कठघेरामा उभ्याउन पछि नपर्ने दृढता व्यक्त गरिन् ।
आयोगका सदस्य कृष्णकुमारी पौडेलले नेपाली नारी अपाङ्गता, प्रजनन स्वास्थ्य, घरेलु हिंसा, सामाजिक अपहेलना, धार्मिक अन्धविश्वास र कुरीतिबाट अझै पीडित रहेको तथा एक्काइसौँ शताब्दीका सभ्य, सुसंस्कृत, वौद्धिक प्राणीबाटै समाज विकृत विकृत हुँदै गएकाले नैतिक शिक्षाको प्रवद्र्धन र पालनामा जोड दिए ।
आयोगका सचिव मनोजकुमार आचार्यले महिलाविरुद्व हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य, महिला उद्यमशीलताको विकास र सशक्तीकरणका लागि सरोकार निकायसँग छलफल, महिला अधिकार प्रवद्र्धन र लैङ्गिक मूल प्रवाहीकरण, सरोकार निकायसँग छलफल, स्थानीय न्यायिक समितिसँग लैङ्गिक हिंसा निवारणका असल अभ्यास, हिंसापीडित महिलालाई मनोसामाजिक समस्यामा परामर्श एवं उद्धार, पुनःस्थापना र आवश्यक सहयोग एवं साझेदारीका कार्ययोजना पूर्णरुपले कार्यान्वयन गर्न आयोग क्रियाशील रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: