Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि कांग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पारे । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जगत्को भएको उनको भनाइ थियो ।

कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले वर्तमान सरकारले संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त कदमविरुद्ध पत्रकार एक भएर उभिनुपर्ने बेला आएको बताए । संविधान र सञ्चार क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको उनको आरोप थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रेस स्वतन्त्रता र विकासको पक्षमा निरन्तर उभिन नयाँ कार्यसमितिलाई आग्रह गरे । पत्रकार महासङ्घ र महानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो नेतृत्वमा रहेको कार्यसमिति खरोरुपमा उत्रने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन काठमाडौँका पूर्वध्यक्ष नकुल अर्याललगायतले सरकारले पत्रकारको अधिकारको रक्षाका लागि पत्रकार महासङ्घको नयाँ कार्यसमिति लाग्नुपर्ने बताएका थिए ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवी पत्रकारको पक्षमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गरे । सोही अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश सदस्य, उपत्यका प्रदेश, प्रतिष्ठान समिति, एशोसियट र नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर तथा ललितपुरमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending