Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

जिल्ला अदालत हुम्लाको ६० मुद्दा फछ्र्योट

गण्डकी । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ ।

अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फछ्र्योट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताए । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फछ्र्योट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् ।

सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दामध्ये १७ वटा फछ्र्योट भएका छन् भने २४ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार भट्टराईले बताए । फौजदारीतर्फ जिम्मेवारी सरेका आठ, नयाँ दर्ता १० गरेर १८ मध्ये १३ वटा फैसला भएको र पाँच वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ ।

जिल्ला अदालत हुम्लाले तीन वर्षको औसतमा दर्ता भएका मुद्दाका आधारमा हालसम्म ६८ दशमलव चार प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको थियो भने यसमध्ये चार वटा फैसला भइसकेको छ भने बालबालिकाको सङ्ख्या ११ वटा रहेको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएकोसमेत बताइएको छ । यस्तै ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending