Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म साढे २०० घरधुरीमा विद्युतीकरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।

इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए । “स्थानीयवासीका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ”, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भने, “सुरक्षित रहेर विद्युत् उपभोग गरौँ र खपत बढाऊँ ।” स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए । उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००/१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।

मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै वर्ष विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले सङ्घीय सरकारको तर्फबाट विद्युतीकरणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवन पद्धतिमा परिवर्तन ल्याउने बताए ।

गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । वडा नं २ को काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइचुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चेलगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ ।

यस्तै, वडा नं २ का केही ठाउँ तथा ३ र ४ नम्बर वडा केही ठाँउमा पनि विद्युतीकरण हुन बाँकी छ । सो क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बसोबास रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ कमिटी अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका प्राविधिकको उपस्थिति थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies