बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’ अभियानमार्फत रु ५० लाख सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ ।
विद्यालयको शैक्षिक÷भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताए् ।
संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा रु आठ लाख प्रदान गरी अभियानको शुभारम्भ गरेका थिए । कोरोना भाइरस महामारीले गत वर्ष अभियान प्रभावित भए पनि स्थिति केही सहज भएपछि पुनः अभियान अगाडि बढाइएको थियो । “एक करोडको कोष बनाउने लक्ष्य छ, अभियान अर्को वर्षसम्म निरन्तर चल्छ”, संयोजक थापाले भने । विद्यालयले गत वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । कक्षा १२ सञ्चालन अनुमतिका लागि प्रक्रिया थालिएको छ । कक्षा ११ र १२ नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका काममा समेत कोषबाट आउने ब्याज रकम खर्च गरिने भएको छ ।
कोषवृद्धि अभियानमा जोडिएर सहयोग गर्ने दातालाई नयाँ वर्षको अवसरमा विद्यालयले सम्मानसमेत गरेको थियो । रु ५० हजारभन्दा माथि सहयोग गर्ने २४ दातालाई नौमती बाजासहित ताम्दानीमा राखेर समारोहस्थलमा सयर गराइएको थियो । विद्यालयलाई सहयोग गरेका मनकारी दाता उक्त सम्मान पाएपछि खुशी देखिन्थे । आफूले गरेको सहयोग विद्यालयको स्तरवृद्धि र शैक्षिक सुधारका क्षेत्रमा खर्च होस् भन्ने चाहना दाताको छ । समुदायस्तरबाट विद्यालयको विकासका लागि स्वतःस्फूर्तरूपमा सहयोग जुटेकामा धेरैले अभियानको प्रशंसा गरेका थिए ।
बालबालिकालाई प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउन विद्यालयले योजना बनाएर काम थालेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले बताए । प्रयोगशाला, विद्युतीय पुस्तकालय, शैक्षिक सामग्री, उपकरण, शिक्षण सिकाइ, क्षमता अभिववृद्धिलगायतका क्षेत्रमा कोषलाई परिचालन गरिने उनको भनाइ छ ।
हाल कक्षा ५ सम्म रहेको अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म पुर्याउने विद्यालयको लक्ष्य छ । विसं २०२१ मा खुलेको विद्यालयले भौतिक सुधारतर्फ पनि विस्तारै फड्को मार्दैछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा यही वर्ष चार कोठे भवन बनेको छ । जनश्रमदान र निजी स्रोतबाट गत वर्ष चार कोठे भवन बनाइएको थियो ।
अङ्ग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालयले पहल थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्न थालेको छ । दाताको सम्मानसहित सोही समारोहमा विद्यालयले नेपाली सङ्गीत जगतमा योगदान पुर्याएका आफ्ना पूर्वविद्यार्थीलाई समेत सम्मान गरेको विव्यस अध्यक्ष थापाले जानकारी दिए ।
सम्मानित हुनेमा लोकगायक÷कलाकार विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, आशिष अविरल, कर्ण विद्रोही, ईश्वर सिंह, राम खत्री र जीवन साहनी हुनुहुन्छ । समारोहमा अतिथि कलाकारका रुपमा अभिनेता पल शाह, गायिका समीक्षा अधिकारीलगायत सम्मानित भएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: