काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले भने, “बुुद्धको जन्मस्थल लुुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा स्थापना हुने गार्डेनले महत्वपूूर्ण भूूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुुझ्न सहज हुनेछ ।”
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुुरोध गर्दै उनले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए ।
लुुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुुदृढ हुने विश्वास व्यक्त गरे ।
कतिपय विकसित मुुलुक सम्पन्न हुुँदाहँुदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवद्र्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ ।
स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेम्म भ्रमण गरेका थिए । लुुम्बिनी गार्डेन फाउण्डेशनका आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुुख नरेन्द्रप्रसाद गुुप्ता, देवदह नगरपालिकाका प्रमुुख हीराबहादुर खत्रीलगायतको सहभागिता थियो ।
बुद्ध र बौद्ध दर्शनसँँग जोडिएका चार वटै पालिकाबाट लगिएको माटामा नेपालकै पीपलको वृक्ष रोपेर उद्यान निर्माणको शुभारम्भ भएको जनाइएको छ । उद्यानमा अत्यन्तै महँगो अर्थात् रु दुई अर्ब मूूल्य अनुुमान गरिएको धातुुको ४० मिटर अग्लोे बुुद्धको मूूर्ति स्थापना गर्ने सोच अघि बढाइएको छ । एक सय सात हेक्टर जमीनमा निर्माण हुने उद्यानको मुख्य प्रवेशद्वारमा बुुद्ध नेपालमा जन्मिएका हुुन् भन्ने सन्देश लेखिने जानकारी दिइएको छ । उद्यानमा नेपालको कला, कौशल, सांस्कृतिक वेशभूूषा, पोखरी, ढुुङ्गेधारा, शान्तिस्तूप, अशोकस्तम्भजस्ता संरचना निर्माणले नेपालको लुम्बिनी क्षेत्रका झझल्को दिनेछ । उद्यान स्थापनाले दुुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुुग्ने विश्वास गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: