Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

बलेवा । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् ।

बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भर्ना त गरिएको छ तर शय्यामा राखेर बस्न उनको परिवार तयार छैन । बच्चामा कुपोषणको समस्या रहेको छिमेकीले जानकारी पाउँछन् भन्ने परिवारलाई लागेर उनको उपचार पोषणगृहको सल्लाहमा घरमै हुन्छ । “समयमा यहाँ आएर हामीले तयार गरेको खाना लिएर जानुहुन्छ, भर्ना भएर बस्न मान्नुभएन”, पोषण सुधारगृहका पोषण प्रबन्धक निशान्त आचार्यले भने, “कुपोषणजस्तो समस्यामा पनि सामाजिक बहिस्करणको त्रास छ ।”

पोषणगृहमै आएका अर्का चार वर्षे बालककी आमा पनि भर्ना भएर बच्चाको पोषणमा सुधारका लागि तयार हुनुहुन्न । “घरमा अरु दुई बच्चा छन्, बूढाले काम गर्नुभएन भने छाक टर्दैन”, उनले पोषण प्रबन्धकसँग भने, “औषधि दिनुस् घरमै गएर उपचार गर्छु ।”

कुपोषण आफैँमा रोग होइन तर कुपोषणका कारण अन्य रोगको शिकार बालबालिका हुन सक्छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावक तयार नरहेको उल्लिखित उदाहरणले देखाउँछ ।

“हामीले बच्चा र अभिभावकलाई निःशुल्क खाना खुवाएर कुपोषणको पुनःस्थापना गर्छौँ”, आचार्यले बताए, “अझै कुपोषणको विषयमा चेतनाको अभाव रहेछ भन्ने देखिन्छ ।” पोषणगृहले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरेको छ । गृहमा आउने बालबालिकामध्ये बालकको सङ्ख्या धेरै छ । उनन्चालीस बालक र ३१ बालिकाको पोषण पुनःस्थापना गरिएको प्रबन्धक आचार्यले बताए । तीमध्ये पाँच जना अहिले पनि पुनःस्थापनाको क्रममा छन् । “कोरोना महामारीको समयमा अन्य समयमा भन्दा कुपोषित बालबालिकाले सुसार पाए”, आचार्यले बताए, “लकडाउनका कारण अभिभावक घरमा रहँदा बालबालिकाले समयमा खाना पाए ।”

परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषणसम्बन्धी समस्या हुने गरेको पोषण पुनःस्थापना गृहको अनुभव छ । “बच्चालाई दिनमा चार पटक पोषणयुक्त खानाको आवश्यकता पर्छ तर त्यसअनुसार अभिभावकले ख्याल नगरेका बालबालिका धेरै पीडित रहेको पाइन्छ”, उनले भने, “खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या आउँदैन ।”

सुकेनास र फुकेनास दुवै किसिमका कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको उनले बताए । बागलुङमा बजारीकरण भएका क्षेत्र र ग्रामीण तहसम्म बालबालिकामा विभिन्न खालको कुपोषणको समस्या वृद्धि भएको उनको अनुभव छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies