Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् ।

त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए । पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो । “गर्मी समयमा पाइने विभिन्न चराहरुको अवलोकन गरी तिनको तथ्याङ्क राखेका छौँ”, महर्जनले भने ।

चरा अवलोकन कार्यलाई चराविज्ञ टेकबहादुर घर्ती र रेञ्जर लव गुरागाईँले सहजीकरण गरेका थिए । चरा अवलोकन कार्यमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेललगायतको सहभागिता थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ । भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

वन्यजन्तु सप्ताह शुरु

‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मूलनाराका साथ बुधबारदेखि वन्यजन्तु सप्ताह शुरु भएको छ । वन्यजन्तु सप्ताहका अवसरमा चरा अवलोकन र संरक्षित क्षेत्रका सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, पर्यापर्यटन विकास गरी स्थानीय जनताहरुको आर्थिक विकासका लागि भानुभक्त प्राणी उद्यान आकर्षणको केन्द्र हुने बताए । उनले यसको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सबै तहबाट सहयोग हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वन र वन्यजन्तु संरक्षणका लागि सरोकारवाला सबै निकायबीच समन्वय र सहकार्य भएमा सफलता प्राप्त गर्न सकिने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies