कास्की । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी आइतबारदेखि सुरु भएको हो ।
उक्त अवसरमा गृहमन्त्री थापाले सुरक्षाको विषय प्रत्यक्ष रुपमा राज्यमा सुशासन, समृद्धि र विकाससंग जोडिने हुँदा सुरक्षा निकायमा विद्यमान कानूनत एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्दै समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृढिकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गराउनेतर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीको पहिलो सत्रमा सुरक्षाका विविध विषयमा गृह-मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा प्रमुखहरुबाट प्रस्तुतीकरण गरिएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समग्र नेपाल प्रहरी र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामुलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिए । साथै, नेपाल सरकार गृह मन्त्रालयका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, नेपाली सेना युद्धकार्य महानिर्देशनालय जंगी अड्डाका युद्धकार्य महानिर्देशक उपरथी पवनराज घिमिरे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतले आ–आफ्नो क्षेत्रबाट भए गरेका सुरक्षा व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्ला अन्तर्गत शान्ति सुरक्षाको अवस्था, भौतिक श्रोतसाधन, सम्भावित सुरक्षा चुनौतीहरु एवं सुरक्षा क्षेत्रका विविध गतिविधिहरुका विषयमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा प्रदेश अन्तर्गतको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका विषयमा हालसम्म भए गरेका विभिन्न गतिविधिहरु तथा प्रदेश अन्तर्गतको विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका बिषयमा रणनीतिक योजना तय गर्न सहभागीहरुबीच छलफल तथा अन्तरक्रिया भएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: