खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।
डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।
प्रतिष्ठानका रजिस्ट्रार काफ्ले भने, “एमबिबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । पाँच महिनादेखि चिकित्सा शिक्षा आयोग टोलीको प्रतीक्षामा थियौँ । कोरोनाका कारण ढिलो भयो ।” टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताए ।
एमबिबीएस पढाइ शुरु गर्नका लागि आवश्यक तयारी भइरहेको प्रतिष्ठानका रेक्टर डा निरेश थापाले बताउनुभयो । उनले भने, “सकेजतिको सबै तयारी भइरहेको छ, आशा छ यही शैक्षिक सत्रदेखि एमबिबीएस पढाउनका लागि आयोगले अनुमति दिनेछ ।”
एमबिबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन् । यहाँ अध्ययन गरेका चिकित्सकले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकामा कर्णालीवासी खुशी भएको प्रतिष्ठानका रेक्टर डा थापाले बताए ।
कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुनु निकै खुशीको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताए । उनले भने, “एक त कर्णालीमा चिकित्सक पढ्न सुगमका विद्यार्थी आउने भए । कर्णालीका युवाले चिकित्सक पढ्न जिल्लाबाहिर महङ्गो खर्चेर जानुपरेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनुले दुर्गमताको पहिचान हटाएर सुगमतातिर फर्किएको आभाष दिलाएको छ ।”
चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबीएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मङ्गल रावल बताए । उनले भने, “टोली जुम्ला पुगेको छ, हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबारदेखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभसङ्केत हो ।”
स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पु¥याउनका लागि एमबिबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ । “एमबिबीएस मेडिकल कलेजको आधार हो । एमबिबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको छ”, उपकुलपति रावलले भने।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: