Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका लक्ष्मी पुनलगायतले प्रतिगमनका विरुद्ध अग्रगामी सोच भएका पत्रकार मिलेर २६ औँ महाधिवेशनमा उम्मेदवारी दिएकाले मतदान गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रमेश विष्टलाई समर्थन गर्दै सोही पदका उम्मेदवार ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएको जानकारी गराइएको थियो । यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार प्रकाश थापा, सचिव पदका उम्मेदवार नकुल अर्याललगायतले उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक समूहलाई सहयोग गर्ने घोषणा गर्दै विजयी बनाउन लागिपर्ने बताएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending