Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

आजदेखि नेपाल-खनाल समूहको राष्ट्रिय भेला, दुई हजार बढी नेता–कार्यकर्ता सहभागी हुने

काठमाडौं । आजदेखि बिहीबारसम्म काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला शुरु हुँदैछ । भेलामा दुई हजार बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ता बुधबार आइपुग्ने नेताहरुले जानकारी दिएका छन् । यस भेलाकाे मुख्य कारण प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसिएकाे हाे ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश–१, घनश्याम भुसाललाई प्रदेश–२, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएको थियो ।

यसैबीच नेपाल–खनाल समूहको भेला स्थगन गरिएको भनेर झुटो विज्ञप्ति जारी गरेको पाइएको छ । यसको भ्रममा नपर्न नेपाल–खनाल पक्षले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘नेकपा एमाले प्रचार विभाग, योगेश भट्टराई’ को नाममा विज्ञप्ति बनाएर भेला रोकिएको भन्ने झुटो खबर फैलाएको पाइएको हो । यो ‘साइबार साँढेहरूको कर्तुत’ भएको नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने भेलामा सहभागी हुनेहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies