Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एमालेमा प्रवेश गर्न लागेको भन्ने समाचार निराधार: महरा

काठमाडाैं । पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार असत्य र निराधार रहेको उनको सचिवालयले जनाएको छ ।

पूर्व सभामुख महराका स्वकीय सचिव प्रमोद शर्माले उनी माओवादी केन्द्रमै रहेको एभरेस्ट दैनिकलाई बताएका छन । साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको उल्लेख गरेका छन ।

पूर्व सभामुख कृष्णबहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्तिकारी कमन्युष्टहरुको एकताको पक्षमामा रहेको बताए ।

पछिल्लो समय नेपालको राजनीति घटनाक्रम अस्वाभाविक तरिकाले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनतालाई आग्रह गरेका छन ।

लामो समयको परिवर्तनकामी आन्दोलन पछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नुको साटो शिर्ष नेतृत्वले सत्ता र शक्तिको मोहमा देशको संविधानलाई नै अवज्ञा गर्नु नेतृत्वको ठूलो भुल भएको बताएका छन ।

नेपालमा कमन्युष्ट आन्दोलनमा लागेर राजनीति गर्ने सम्पूर्ण दलहरुको ध्रुवीकरण पछि एउटै बिशाल कमन्युष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्राबिधिक कारणले पार्टी एकता भाँडिएको र अब पुनः नेपालका क्रान्तिकारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।

पछिल्लो समय सामाजिक संजालहरुमा आफू एमालेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले कपोलकल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जनतालाई दिगभ्रमित पार्नु पनि अपराध भएको बताए ।

आफू एमालेमा प्रवेश गर्न लागेको खबर निराधार भएको बताउदै बरु अलग अलग पार्टीको रुपमा रहेका विभिन्न क्रान्तिकारी शक्तिहरु संग आन्तरिक परामर्शमा रहेको र क्रान्तिकारी शक्ति एक गराउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: