विराटनगर । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्यो । सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो । तर, अहिले पनि सो नाकामा ढाट लागेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘चोर बाटो’ बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ । सो नियम कोरोना महामारीमा भन्दा पनि कडा महसुस गर्छन् आवतजावत गर्नेहरू । ‘अनेक नियम ल्याएर आउन जानै समस्या छ, भारतबाट विराटनगर फर्किएका राजीव मगर भन्छन् ‘अब पनि के नियम राखिराखेको होला, चोर बाटोबाट सबै गएकै छन्, आएकै छन् ।’
सरकारले नाका खोल्ने भन्ने निर्णय गरेको एक महिना बितिसक्यो । नाका खोल्दा कस्तो असर प¥यो, कस्तो सुधार गरेर खोल्ने भन्नेबारे सरकारले विश्लेषण गरेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला केन्द्रको निर्णय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन् । ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट’ को केन्द्रीय कमिटीको निर्देशन नआएकाले नाका खोल्न समस्या भएको हो,’ उनले भने ‘हामीले निर्णय गरेर खोल्न मिल्दैन ।’
कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्न गठित सो कमिटीले नाका नखुल्दाका समस्याबारे अध्ययन गरेको छैन । नाका नखोल्दा चोर बाटोबाट आवतजावत मौलाएकाले प्रशासनलाई नियन्त्रण गर्न समस्या भएको छ । ‘सीमाना प्रहरी खटाउनुबाहेक केही गरिएको छैन, सबै प्रक्रिया पूरा गरेर आउनेको लगत राख्ने गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी निरौला भन्छन् ‘नाकामा खटाउने पर्याप्त जनशक्ति पनि हामीसँग छैन ।’
उनले आवतजावत गर्नेको रेकर्ड राख्ने गरिएको बताए पनि रेकर्डमा संख्या न्यून छ । अनलाइन फारम भरेपछि आउनेको संख्या दैनिक ५ देखि १० जनाको हाराहारी मात्रै छ । चोर बाटोबाट भने दैनिक सयौ ओहोरदोहोर गर्छन् । मुख्य नाकामा ढाट लगाएर तालाबन्दी गरिएकाले अधिकांशले चोरबाटो प्रयोग गर्छन् ।
विराटनगरमा एकीकृत जाँच चौकी सञ्चालनमा भएपछि आयात–निर्यात जाँच चौकीबाटै हुने गरेको छ । लकडाउनका बेलामा पनि एकीकृत जाँच चौकीको काम रोकिएन। पुरानो रानी गेट यात्रुहरू आवतजावत गर्ने नाका मात्र भएको छ । जोगबनी किनमेल गर्न जानेहरू रानी नाकाबाहेकका अन्य साना नाकाबाट ओहोरदोहोर गर्छन् ।
एउटै प्रदेशका फरक नाकामा फरक व्यवहार गरिएको छ । काँकडभिट्टा र भान्टाबारी (सुनसरी) नाका बन्द छैन । मानिसहरू आइरहेकै छन्। नाका नखुल्दा स्वदेशी बजार र केही स्वदेशी उत्पादनलाई केही राहत भए पनि भारतीय पर्यटक आउन नपाउँदा पर्यटन व्यवसाय संकटमा छ । होटल चलेका छैनन् । सरकारी निकायका अनुसार काँकडभिट्टा नाका वैद्य रूपमा अझै खुलेको छैन ।
नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका पर्यटन समितिका संयोजक भविश श्रेष्ठ सबै खुला भइरहँदा पर्यटकलाई रोक्न नहुने बताउँछन् । ‘वर्ष दिनदेखि पर्यटक आउन नपाउँदा होटलहरू धमाधम बन्द भइरहेका छन् । सरकारले यस्तो किन गरिरहेको छ’, उनी प्रश्न गर्छन् । मुख्य नाका बन्द हुँदा अवैध कारोबार र तस्करी मौलाउने व्यवसायीहरूको बुझाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: