Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उम्मेदवार भोछिभोयाले व्यवसायलाई टेवा दिने र सुरक्षाको प्रत्याभूति दिने र व्यावसायिक वातावरण बनाउने भूमिकामा सहयोग गर्ने प्रतिबद्धताका साथ आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्षका अर्का उम्मेदवार पसछेले उद्योगी व्यवसायीको हकहितका लागि अहिलेको भन्दाबढी सेवा र सहयोग गर्नुका साथै जिल्लाभित्रका नगर÷गाउँपालिकास्तरमा गठन भएका उद्योग वाणिज्य सङ्घलाई समन्वय एवं सहकार्यका लागि आफ्नो उम्मेदवारी भएको बताए । दुई समूहबीच हुने प्रतिस्पर्धामा छुट्टाछुट्टै प्यानलमा परेकामध्ये वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, मुख्य संयोजक पदमा राजेशकुमार श्रेष्ठ, सचिवमा यशकुमार रञ्जित, महिला सदस्य पदमा इन्द्रलक्ष्मी श्रेष्ठ र कुमुदा वैद्य, क्षेत्रगत सदस्यमा दाप्चा क्षेत्रबाट सुरेन्द्र शुद्धाकार, बनेपा क्षेत्रबाट सुमन चौ प्रधान र एशोसिएटबाट साजन शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

सङ्घको महासचिव पदमा भोछिभोयाको समूहबाट विकास शर्मा तिमल्सिना र पसछेको समूहबाट रविन्द्र बैदारको प्रतिस्पर्धा हुने भएको छ । सङ्घमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, मुख्या संयोजक, सह मुख्य संयोजकसहित खुला सदस्यमा १० जना, महिला सदस्य दुई जना र क्षेत्रगत सदस्य १० जना र पदेन सदस्य गरी जम्मा ४१ सदस्य रहने व्यवस्था छ । काभ्रे उद्योग वाणिज्य सङ्घमा एक हजार १९५ सदस्य छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending