Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

हत्या गरेर घाँसको भारीसँगै सडकमै पुरियो महिलालाई

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन् । स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए । अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन् । ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो ।’

सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गरे । ‘चालक आफैंले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब गरेको कुरामा हामीलाई शंका छ ।’

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घटनामा मुछिएको डोजरका चालक फरार रहेकाले विस्तृत अनुसन्धान हुन नसकेको बताए । ‘ती महिलाको शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं । डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि घाइते अवस्थामै पुरियो कि ? एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौं’, एसपी खड्काले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies