Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री ओलीको निर्मम पेलाइ : खतरा हुन्छ भन्दा पनि मानेनन्

काठमाडौं । ‘यस्तो नगरौँ, रिस्क (जोखिम) हुन्छ’ भन्दै विदेशी र स्वदेशी विज्ञले पनि मानेका छैनन् । तर, बालुवाटार र सिंहदरबारबाट तारन्तार फोन जान्छ, ‘जसरी पनि हुनुपर्छ, गरिहाल्नु !’

तीनजना बहालवाला र एकजना भूपू मन्त्री अस्ति मेलम्ची खानेपानी आयोजनाको ९ किलोमीटरभित्रको सुरुङसम्म पुगे । यसअघि सुरुङबाट पानी बहावको परीक्षण गर्दा गाडी र इञ्जिनियर बगाउने, अनि पानी चुहावट हुने समस्या आएपछि विज्ञहरु थप सुरक्षाप्रति विश्वस्त हुन चाहिरहेका थिए । उनीहरूले अहिल्यै त्यसलाई सञ्चालन गर्ने हतारो नगरौं भनेका पनि हुन् । तर, प्रधानमन्त्रीलाई आजभोलिमै त्यहाँबाट पानी आउने व्यवस्था गरेर ‘मेलम्ची मेरै पालामा’ भनी प्रचार गर्नु छ । एसियाली विकास बैंकका विज्ञहरु शिव शर्मा, ओमप्रकाश चौधरी, प्रल्हाद बानियाँ, भारतकी कन्सल्ट्यान्ट मणिकाहरुले हो, हतारो नगरौँ भनेको । उनीहरु अब तीन महिनाको समय लिऊँ भन्दै थिए । तर, विज्ञहरुको रायविपरीत सोमबार मन्त्रीहरु त्यहाँ पुग्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री ‘सब ठीकठाक छ हजुर, एकदम राम्रो छ’ भन्दै ब्रिफिङ गर्न व्यस्त थिए । त्यहीँको बासिन्दा रहेका खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापा र त्यहीँबाट चुनाव जितेका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ सोमबार ताँती लागेर गएका हुन् । उनीहरुसँगै खानेपानी सचिव माधव बेलबासे पनि थिए ।

मेलम्चीमा मात्रै होइन, अहिले प्रधानमन्त्रीमा सम्पन्न हुन बाँकी विकास निर्माणसम्बन्धी आयोजना शुरु या शिलान्यास गर्ने हतारो छ । उहाँको मनशाय हो, ती सबै काम आफूले गरेको भनी भोलि प्रचार गर्न पाइयोस् । फास्टट्रयाक र नागढुंगाको सुरुङमार्ग झलनाथ खनाल प्रधानमन्त्रीमा बहाली भएकै दिनको निर्णय भनी तत्कालिन शिक्षामन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले सुनाउनुभएको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग माधव नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदाको सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको हो । तर, ती काम पनि आफूले सकेको जस लिन उहाँ उद्घाटनहरुमा सक्रिय हुनुहुुन्छ ।

जनआस्था साप्ताहिकबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending