Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् ।

सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने बताउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले सामना गर्र्ने बताए । अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उनले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने बताए ।

अदालतले संसद् पुनःस्थापनाको फैसला गरेलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँड्दै हिँडेको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा र सपना देख्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने भनाइ राखे ।

“राजीनामा माग्दैमा दिइ हाल्ने यो कायर सरकार होइन, सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ”, मन्त्री श्रेष्ठले भने, “अबको प्रधानमन्त्री पनि ओली नै हो”, उहाँले नै निर्वाचन गराउनुहुन्छ ।” उनले सामाजिक सञ्जाल र सडकमा कुर्लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर संसद्बाट सरकार हटाएर देखाउन चुनौती दिए ।

मन्त्री श्रेष्ठले भने, “अब खेल मैदानमा आएको छ, हामीसँग नेपालको राजनीतिका पेले छन्, रोनाल्डो छन्, म्यारोडोना र मेसी हामीसँगै छन्, त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौँ, हाम्रै जीत सुनिश्चित हुनेछ, जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies