काठमाडौ । ललितपुर, सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई रु २ लाख सहयोग गरेका छ ।
फाउण्डेशनको आर्थिक एवंम प्राविधिक सहयोगमा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई कलेजले सो रकम उपलब्ध गराएको हो । कलेजमा अध्ययनरत बि।ई। सिभिल इन्जिनियरिङ चौथो वर्ष दोस्रो खण्डका विद्यार्थीहरुले ‘कन्सट्रक्सन म्यानेजमेन्ट’ विषयको शैक्षिक भ्रमणका क्रममा विद्यार्थीहरु तथा विषय शिक्षक सुवोध शर्मा गौतम सहित सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख भुवन घिमिरेले फाउण्डेसका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई रंगशाला निर्माणाधीन स्थलमा नै सो रकम प्रदान गरेका हुन् ।
सो कलेज स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनीयरिङ विधाका विविध विषयमा अध्ययन गर्ने एवं अनुसन्धान गर्ने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ अध्ययन संस्थानद्वारा सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको थियो । शुरुआत वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थापना भएको एक दशक अवधिभित्रै कलेजले उल्लेख्य सफलता हासिल गरेको र इन्जिनीयरिङ अध्ययनका लागि निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमध्ये पहिलो नम्बरमा विद्यार्थीहरुको रोजाइमा परेको कलेजका प्रचार्य ई रमेश श्रेष्ठले जानकारी दिए।
उनका अनसार कलेजबाट हालसम्म करीब ६०० विद्यार्थीले अध्ययनपुरा गरेका छन् । विद्यार्थीले बेरोजगार बस्नु परेको छैन । उनीहरु सरकारी÷गैरसरकारी निकायमा कार्यरत छन् । कोही विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् । कलेजमा इलोक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, सिभिल इन्जिनीयरिङ, इन्जिनीयरिङ साइन्स एन्ड ह्युम्यानिटिज तथा कम्प्युटर इन्जिनियरिङ लगायत विभागमा अनुभवी शिक्षक कार्यरत रहेका छन् ।
विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: