Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बिपी कोइराला तथा बिपी विचार–संग्रह पुस्तकको जनकपुरधाममा शुक्रबार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले नेपालको लोकतन्त्रमा ग्रहण लागेको बताए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ‘मुलुकको इतिहासमा पटक–पटक लोकतन्त्रमा ग्रहण लाग्यो,’ पूर्व राष्ट्रपति डा. यादवले भने, ‘एकपटक फेरि ग्रहण लागेकाले लोकतन्त्रलाई बचाउन सबैले मिलेर भूमिका खेल्नुपर्छ ।’ राजनीतिक दलहरू लोकतन्त्रको खम्बा रहेको बताउँदै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘तर, अहिले सबभन्दा ठूलो दल नै विभाजित छ भने अर्को दोस्रो ठूलो दल नेपाली कांग्रेस पनि ठीक अवस्थामा छैन ।’

राष्ट्रपति भण्डारीले निष्पक्ष हुनुपर्नेमा कुनै खास पार्टीको सदस्यजस्तो कुनै दलसँग परामर्श नै नगरी संसद् विघटन गरेको पूर्वराष्ट्रपति डा. यादवले आरोप लगाए । ‘पार्टीभित्रको विवाद समाधान नगरी प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभयो, तर राष्ट्रपतिले कुनै दलसँग परामर्श नगरी संसद् विघटनका सबै संवैधानिक प्रक्रिया मिचेर प्रधानमन्त्रीको सिफारिसलाई एकै पटक अनुमोदन गर्नुभयो,’ पूर्व राष्ट्रपति यादवले भने ।

राष्ट्रपति भण्डारीले संविधानको रक्षा नगरेको पूर्व राष्ट्रपति यादवको भनाइ छ । चुनाव गराउने नाममा असंवैधानिक कार्य भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘चुनावका नाममा संविधानको खिल्ली उडाउने कि संविधानलाई बचाउने ? संसद् पुनस्र्थापना भएन भने देश कता जान्छ ?

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending