काठमाडाै । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर रु १० अर्ब तीन करोड ५४ लाख ५४ हजार ९५५ मा कारोवार भयो ।
मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३६ खर्बको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल गार्हस्थ्य उत्पादनको हाराहारी नै हो । आजको बजार पूँजीकरण रु ३५ खर्ब ८४ अर्ब ७६ करोड सात लाख ९० हजार बराबर भएको छ । कारोवार भएकामध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा विकास बैंक र अन्य उपसमूह हरियो भएको छ । बैंकिङ ३८.४१, विकास बैंक ६.४७, अन्य ५.५४ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । यस्तै, व्यापार ३७.९५, होटल १३.०२, जलविद्यस्त् २६.९८, वित्त ९.३९, निर्जीवन बीमा ३७.८६, उत्पादन ११०.०४, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ बिन्दुले घटे ।
कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५४ करोड ४४ लाख ५६ हजार बराबरको कारोवार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु ४२ करोड ५० लाख ७१ हजार ९१६, नेपाल बैंक रु ३९ करोड १६ लाख १५ हजार ४५१, नेको इन्स्योरेन्स रु ३७ करोड ३४ लाख ८५ हजार ५७४, एनआइसि एशिया बैंक रु ३३ करोड ६७ लाख ६५ हजार १५६, शिखर इन्स्योरेन्स रु ३० करोड ५९ लाख चार हजार ३४५, हिमालयन डिस्टिलरी रु २६ करोड ९४ लाख ७२ हजार ८३६, सिद्धार्थ बैंक रु २६ करोड १० लख ६५ हजार २८९ , एनएमबी बैंक रु २४ करोड ७० लाख २७ हजार ७२१ र कुमारी बैंक रु २० करोड ३७ लाख ४० हजार ५१३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
कारोवारका आधारमा आज चन्द्रागिरि हिल्स लिमिटेडको सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस्तै, नेपाल पूर्वाधार विकास बैंक ९.९८, मिर्मिरे माइक्रोफाइनान्स ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७, सनराइज फस्ट म्युचुअल फण्ड ९.७७, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७, सिद्धार्थ बैंक ६.८२, नेपाल बैंक ५.४२, ग्लोबल आइएमई बैंक ४.६२ र एनएमबी बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले कमाए ।
यसैगरी, साधाना लघुवित्त ६.१५, पाँचथर पावर कम्पनी ५.६६, बरुण हाइड्रोपावर ५.५६, स्वाभिमान लघुवित्त ५.०६, माहुली सामुदायिक लघुवित्त ४.७४, माउण्टेन हाइड्रो ४.५५, गुर्खाज फाइनान्स ४.१९, एचआइडिसिएल ४.०८, ङादी ग्रसप ४.०८ र बोटलर्स नेपाल तराई नेपालका लगानीकर्ताले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: