Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

भारतमा नेपाली किशोरीको सामुहिक बलात्कारपछि हत्या

काठमाडौं । नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामुहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच शुरु भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ - गत माघ ८ गते भएको घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका डेपुटी सुपरिटेन्डेन्ड अफ पुलिस शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घटनास्थलको विशेष जाँचबुझ गरेको छ ।

स्थानीय प्रहरी विवादमा मुसिएपछि भारतको बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग (सिआइडी) की प्रहरी उपरीक्षक विणा कुमारीको नेतृत्वको बेग्लै टोलीले गत मंगलबार स्थलगत जाँचबुझ गरेको थियो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार अहिलेसम्मको अनसन्धानमा बलात्कारपछि हत्या गरिएर बालिकाको शवलाई घटना दबाउने उद्देश्यले स्थानीय थानाप्रमुख सञ्जीव रञ्जनकै संलग्नतामा जलाएर नष्ट गरिएको भन्ने आरोपलाई पुष्टि गर्ने साक्ष्य प्रमाण देखा परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियो क्लिपमा लास जलाएर नष्ट गर्ने विषय उजागर भएको थियो । त्यसपछि मोतिहारी पुलिस अधीक्षकको कार्यालयका सुपरिटेन्डेन्ट अफ पुलिस नवीनचन्द्र झाले थानाध्यक्षलाई निलम्बन गर्दै जाँचको नियन्त्रण आफ्नो हातमा लिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending