Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

बीपीका चिकित्सक आन्दोलित, संस्था सुधार गर्न अल्टिमेटम

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेपछि त्यसविरुद्ध यहाँका चिकित्सक आन्दोलित भएका छन् । उनीहरूले संस्थालाई तत्काल सुधार नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै व्यवस्थापन पक्ष समक्ष दबाब बढाएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - चिकित्सकले शुक्रबारदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षअगाडि धर्ना दिन थालेका छन् । उनीहरूले शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरी आफ्ना माग पूरा गर्न आइतबारसम्मको अल्टिमेटम दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. गिरी, शिक्षाध्यक्ष डा. खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सुधार गर्न पहल नगरेको गुनासो उनीहरूले गरेका छन् । यस्तै, नियमित काम कारबाही समेत स्थगन गरी प्रतिष्ठानलाई धराशयी बनाएको भन्दै प्रतिष्ठानका चिकित्सक मेडिकल तथा डेन्टल फेकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका हुन् । यी चिकित्सकले तत्काल प्रतिष्ठानलाई सुधार नगरिए आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

समाजका अध्यक्ष डा. पोखरेलले प्रतिष्ठानको कमजोर व्यवस्थापनले गर्दा दैनिक आर्थिक अनियमितताका घटना वृद्धि भएको बताए । यस्तै, तीन वर्षदेखि चिकित्सकको बढुवा रोकिँदा विभिन्न विभाग सञ्चालनमा गम्भीर समस्या भएको, फोहोर व्यवस्थापन नहुँदा प्रतिष्ठानभित्रै दुर्गन्ध फैलिएकाले आन्दोलनमा उत्रिनुपरेको डा. पोखरेलको भनाइ छ । चिकित्सकले प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।

समाजका महासचिव एसपी रिमालले नयाँ पदाधिकारी नियुक्त भएर आए पनि सुधार नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर बन्दै गएको बताए । व्यवस्थापन पक्षले कोरोन महामारीका बेला ज्यान जोखिम राखेर काम गर्ने चिकित्सक, कर्मचारीलाई जोखिम भत्ता नदिएको, वृद्धि भएको तलब समेत नदिएर श्रम शोषण गरेको आरोप महासचिव रिमालले लगाए ।

यो संस्था १ अर्ब ७ करोड घाटामा पुग्दा पनि उपकुलपति डा. गिरीले नजिकका व्यक्तिलाई विभिन्न पदमा भर्ती गराई थप आर्थिक भार थोपरेका छन् । प्रतिष्ठानको कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले डा. गिरीले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने माग गरे । प्रतिष्ठानका चारै जना पदाकिारीले अवैध रूपमा प्रयोग गरेको सेवा–सुविधा बराबरको रकम असुल हुनुपर्ने माग थापाले गरे ।

बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपतिद्वय डा. बलभद्रदास, डा. आरके रौनियार, पूर्वरजिष्ट्रार तुलबहादुर श्रेष्ठ, पूर्वनिर्देशक अरविन्द सिन्हा, कर्मचारी अमित श्रीवास्तव, दिनेश दाहाल, रुपा अग्रवाल, रमेश खतिवडालगायतलाई भ्रष्टाचार मुद्दा चलाएको छ । तर, नयाँ पदाधिकारी आउँदा पनि आर्थिक अनियमितता नरोकिएको भन्दै चिकित्सक कर्मचारी चिन्तित भएका छन् ।

उपकुलपति डा. गिरीले प्रतिष्ठानको कोभिड अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका धरानका व्यवसायी चेतन अग्रवाललाई बिनाटेन्डर स्वीकृति दिएका छन् । उपकुलपति गिरीले कालोसूचीमा राख्नुपर्ने ठेकेदार विज्ञान अर्याललाई अक्सिजन प्लान्टको सम्झौताविपरीत कामको भुक्तानी प्रक्रिया अगाडि बढाएको प्रतिष्ठान स्रोतले बताएको छ । प्रतिष्ठानमा उपकुलपति गिरी आउनुअघि ३२ करोड घाटा थियो । अहिले एक अर्ब ७ करोड पुगेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठान सुधार गर्न पदाकिारी सक्षम नदेखिएको बताए । मेयर राईले प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । योग्य र सक्षम व्यक्तिलाई पदाधिकारी नियुक्त गर्नुपर्नेमा ‘खराब व्यक्तिहरू’ लाई राजनीतिक नियुक्ति दिने प्रवृत्तिले प्रतिष्ठानको अवस्था कमजोर बनेको उनको तर्क छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending