Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन गृहमन्त्री थापाको आह्वान

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उनले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गरे ।

उनले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका दिशामा मुलुकलाई अगाडि बढाइने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टी अध्यक्षलाई अपदस्थ र विस्थापन गर्ने, दुई तिहाइको सरकारलाई हटाउने र राष्ट्रपतिको मानमर्दन गर्नेहरुले षड्यन्त्र गरेको आरोप लगाउँदै भने, “आजको असाधारण परिस्थिति सिर्जना हुनुको विषय नेतृत्वलाई अपदस्थ र विस्थापित गर्ने षड्यन्त्रसँग जोडिएको छ”, उनले भने, “यो कुरालाई हामीले ठीक ढङ्गले बुझेनौँ भने वर्तमान असाधारण परिस्थितिलाई ठीक ढङ्गले समाधान गर्न सक्दैनौँ ।” उनले प्रतिगामी अवसरवादी तत्वले नेतृत्वलाई विस्थापित गर्न सबै प्रकारका भ्रम र षड्यन्त्रको सहारा लिइरहेको आरोप पनि लगाए ।

जनतालाई आन्दोलित गरेर मात्र राजनीतिक र संविधानको रक्षा गर्न सकिने उनको भनाइ थियो । “जनतालाई आन्दोलित गरेर मात्र नेतृत्व, व्यवस्था र राजनीतिक उपलब्धिको रक्षा गर्न सकिन्छ”, उनले भने, “यही उद्देश्यका साथ हामीले एउटा नयाँ आन्दोलनको शुरु गरेका होँ । आमनिर्वाचनको माध्यमबाट आन्दोलनलाई अगाडि बढाएका छौँ ।”

उनले कम्युनिष्ट आन्दोलनलाई अवसरवादीले फुट ल्याएको जनाउँदै अब फेरि एकजुट बनाउन जनताले मात्र सक्ने बताए । जनतामा गएर फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ धु्रवीकरण र नयाँ एकीकरण गर्नका लागि देशव्यापीरुपमा अभियान चलाइएको उनको भनाइ थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies