Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भवन निर्माणका लागि रेडियो मेलम्चीलाई साढे पाँच लाख सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का श्याम खड्काले रेडियो मेलम्चीको बहुउद्देश्यीय भवन निर्माणका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग हस्तान्तरण गरेका छन् । भवन निर्माणका लागि व्यक्तिगतरुपमा प्रदान भएको यो नै सर्वाधिक रकम हो ।

समाज सेवाका विविध गतिविधिमा संलग्न रहनुभएका खड्काले धेरै सङ्घ संस्थाको स्थायित्वका लागि जग्गादान गर्नेदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । मेलम्ची नगरपालिकाका लागि एक रोपनी आठ आना, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका खानेपानी सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई एक रोपनी, याङ्ग्री–लार्के समितिलाई ९ आना, कृषि कार्यालयलाई आठ आना, नेपाल कम्युनिष्ट पार्टीलाई एक रोपनी दुई आना र श्यामश्यामा धाम राधा–माधव समितिलाई छ आना प्रदान गरिएकामा भवन निर्माण भइसकेको छ ।

कार्यालय भवन निर्माणका लागि प्रदान गरिएका जग्गा उपयोग नगर्ने वादोकाई सङ्घ, रेडक्रम सोसाइटी, रेडियो मेलम्चीलगायतले जग्गा फिर्ता गरिसकेका छन् भने जग्गा उपयोग नगर्ने अन्य सङ्घसंस्थालाई यथाशीघ्र जग्गा फिर्ता गर्न पनि जग्गादाता खड्काले अनुरोध गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकका सदस्य तथा लायन्स क्लब अफ मेलम्चीका लायन खड्काले मेलम्ची–११ को छ्योर्तेन निर्माणका लागि पाँच लाख, मेलम्ची टारमा मन्दिर निर्माणका लागि तीन लाख, मेलम्ची–६ को बतासे मावि निर्माणका लागि तीन लाख उपलब्ध गराएका छन् । त्यसैगरी मेलम्ची–९ को सातकन्या माविलाई पाँच थान कम्प्युटर पनि सहयोग गरेका छन् । यीलगायत अन्य थुप्रै सङ्घसंस्था तथा व्यक्तिलाई उनले सहयोग गर्दै आएका छन् । गत स्थानीय निर्वाचनका मेलम्ची नगरका प्रमुख पदका प्रत्याशी खड्काले लोकप्रिय मत प्राप्त गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending