Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पाइएन सेनिटरी प्याडदेखि सुत्केरी भत्ता

जाजरकोट । अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ ।

सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष स्थानीय तहलाई रकम भुक्तानी गरिएको थियो । अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिलेसम्म विद्यालयमा पठाउन नसकेको हो ।

यही माघ ८ गते बसेको प्रधानाध्यापकको बैठकमा सबै विद्यालयले प्याड लिन आग्रह गरे पनि अहिलेसम्म विद्यालयमा नपुगेको नगर शिक्षा समितिले जानकारी दिएको छ । भेरी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानी, शौचालय र बालमैत्री नहुँदा समस्या हुँदै आएको छ । आधारभूत तहका विद्यालयमा सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।

त्यस्तै भेरी नगरपालिकाले पाँच महिनाभन्दा लामो समयदेखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भए पनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुनेले तत्काल यातायात खर्चवापत रकम पाए पनि भेरी नगरपालिकाले पाँच महिनादेखि भुक्तानी गरेको छैन । यता भेरी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले खानाका लागि नदिएको भनी प्रतिक्रिया दिए । भत्ता नपाएका सुत्केरीले कहिले सुत्केरी भत्ता पाउँछन् भन्ने जिज्ञाशामा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending