Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अज्ञात रोगको सङ्क्रमणले धमाधम मर्न थाले गाईबस्तु

सिमकोट । अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईबस्तु मर्ने गरेका छन् । मङ्गलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँमा पाँच गाईबस्तु अकस्मात मरेको स्थानीयवासी राजबहादुर बुमीले बताए ।

उनले भने, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएका छन् । उनले अहिलेसम्म रोगको पहिचान हुन नसकेको बताए । “ रोग पहिचान हुन नसक्दा उपचार नपाएर गाईबस्तु मर्ने क्रम जारी छ”, उनले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।”

सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईबस्तु मर्न थालेको बुमीको दुःखेसो छ । यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । कुन ठाउँमा हो, हामीलाई कुनै पनि जानकारी आएको छैन । यदि आयो भने हामी तत्काल गएर हेर्ने र गाउँपालिकामा भएको औषधि प्रयोग गर्ने तथा नभए प्रक्रिया अगाडि बढाउन सक्ने शाखाका प्राविधिक अमर बुमीले बताए ।

अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending