भजनी । कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दैै आएका छन् । अहिले उनले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाएका छन् ।
गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गरेकी उनले यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा छिन् । “मैले कृषिमा केही फरक गर्नकै लागि कागतीखेती शुरु गरेकी हुँ”, दुर्गाले भने, “कागती लगाएको करीब एक वर्ष पुग्नै लागेको छ । अर्को वर्षमा उत्पादन शुरु हुनेछ ।” कृषि जेटिए अध्ययन गरी कृषि व्यवसायमा लागेकी दुर्गाका अन्य परिवारका सदस्य भने जागिरे पेशामा छन् ।
उनले कागतीखेतीको शुरुआतसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएकी छिन् । “उत्पादन र आम्दानी राम्रो छ । मेरो अध्ययनको विषय पनि कृषिसम्बन्धी नै भएको हुँदा अरुको भन्दा राम्रो उत्पादन गर्न सफल भएकी छु”, दुर्गाले भनीन्, “बजारीकरणमा समस्या छ । सरकारले उचित बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै सफलता हासिल गर्न सकिन्छ ।”
टीकापुर नरगपालिका–३ की खेमा विकले रु १० हजार ५१० को लगानीमा दुई कठ्ठा क्षेत्रफलमा कागती रोपेका छन् । रु छ हजार ३८२ आयोजनाको अनुदान र अन्य आफ्नो लगानीमा शुरु गरिएको कागतीखेती राम्रो हुँदै गएको खेमा बताए । उनले छाडा चौपायाका कारण कागतीका बोट बचाउन समस्या भएको बताउँदै अहिले कागतीखेतीलाई आफूले परीक्षणको रुपमा लिएको बताए ।
टीकापुर नरगपालिका–४ बाघमाराका कर्णबहादुर थापाले एक बिघा क्षेत्रफलमा कागतीखेती विस्तार गरेका छन् । उनले कागती खेतीसँगै बाख्रा र कुखुरापालनलाई पनि सँगै लैजाने बताए । “हामीसँग सबै छ । नभएको इच्छाशक्ति मात्र हो”, थापाले भने, ‘एउटै व्यवसायले सफलता प्राप्त गर्न नसकिएला । त्योसँग थप व्यवसाय पनि जोडिनु पर्दछ ।” आयोजनाले अनुदान दिए पनि त्यसपश्चात् किसानको निगरानी नगर्दा समस्या भएको उनले बताए ।
‘‘अनुदान दिएपछि त्यसको परिणाम कस्तो हुँदैछ भनी अनुगमन पनि हुन आवश्यक छ”, थापाले भने, “किसानले थुप्रै सहयोग पाएका छन् तर त्यो सहयोगको परिणाम आयोजनाले पनि खोज्नु पर्दछ ।” राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई कृषि क्षेत्रको लागि वार्षिक करोडौं रकमको अनुदान दिँदै आएको छ ।
गत आर्थिक वर्ष आयोजनाले २७ जना कृषकलाई रु पाँच लाख १८ हजार ७०० मूल्यका फलफूल, बगैँचा प्रदर्शन कार्यक्रममार्फत् अनुदान वितरण गरेको छ । दुई बिघा क्षेत्रफलमा आँप, अढाइ बिघा क्षेत्रफलमा लिची, करीब नौ बिघा क्षेत्रफलमा कागतीखेती विस्तार भएको आयोजना प्रमुख भरत कँडेलले बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: