Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै

म्याग्दी । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो । आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावतसहज हुनाका साथै पर्यटक आगमन बढ्न थालेको धवलागिरि–४ खाम्लाका यामलाल शर्माले बताए ।

सो आधार शिविरको पर्यटन विकासका लागि गाउँपालिका, सङ्घीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोबाइल फोन सेवा विस्तारको लागि बिटिएस भवन निर्माण भएको छ । “नाउराको भिरदेखि इटली आधार शिविरमा आधारभूतस्तरको पदमार्गले जोडिएको छ”, शर्माले भने “नयाँ पदमार्ग निर्माण भएपछि साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

पदमार्ग बनेपछि भरिया र हेलिकप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटकहरू पैदल यात्रा गरेर आधार शिविर पुग्न थालेका छन् । भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला दुई वर्षमा करीब रु दुई करोड लगानी गरेको छ । २०७५ सालमा रु ५० लाखमा नाउराभिरदेखि सल्लाघारीसम्म र २०७६ सालमा रु ४० लाखमा तलित्रेदेखि इटली आधार शिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको थियो ।

प्रदेश सरकारले अर्को शीर्षकमा २०७५ सालमै विनियोजन गरेको रु ५० लाखबाट मुदी, नाउरा, खाम्ला, घिमलेटी, खिवाङ–देउराली क्षेत्रमा पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताए । “स्विस बेसक्याम्पसम्म खच्चर हिँड्न मिल्ने पदमार्ग बनेको छ”, उनले भने, “खोलाहरूमा झोलुङ्गेपुल र इटली आधार शिविरसम्म सिँढीसहितको पदमार्ग बनाउन बाँकी छ । यसअघि बनाएको पदमार्ग स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।”

गत आर्थिक वर्षमै धवलागिरि गाउँपालिकाको रु ३० लाखमा बगर, बाँसबोट, सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

आधार शिविरसम्म मोबाइल सेवा विस्तार गर्न बगरको देउरालीमा टेलिकमले बिटिएस टावर स्थापना गर्न गत वर्ष नै भवन निर्माण गरेको अध्यक्ष पुनले बताए । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट विसं २०७५ मा इटाली क्याम्पदेखि स्विस क्याम्पसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाइएको थियो । रु ३१ लाख लागत अनुमान गरिएको चेक पोष्टको भवन निर्माण समितिका पदाधिकारीले गाउँपालिकाले पूरा रकम भुक्तानी नदिँदा मर्कामा परेको गुनासो गरेका छन् ।

चालू आर्थिक वर्षमा पर्यटन विभागले थप रु चार करोडको ठेक्का प्रक्रिया अघि बढाएको छ । पर्यटन मन्त्रालयले धौलागिरि आधार शिविर र चक्रीय पदमार्गलाई स्थापित पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । धवलागिरि आधार शिविर पदमार्गमा पूर्वाधार बनाउन पर्यटन विभागले हालै ठेक्का प्रक्रिया अघि बढाएको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिए । “पैदलमार्ग बनाउने, पुल हाल्ने, पोर्टर सेल्टर बनाउने लगायतका काम गर्न बजेट विनियोजन भएको हो”, उनले भने, “मुदी हुँदै आधार शिविरका साथै मुस्ताङको मार्फासम्मको पदमार्गलाई स्तरोन्नति गरेर पर्यटक सहजरुपमा आवतजावत गर्न मिल्ने बनाउन लागिएको हो ।”

बगरको प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिसमा रु छ लाख बजेट विनियोजन भएको छ । जापानिज आधार शिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधार शिविरमा अर्को ३५० मिटर लामो झोलुङ्गेपुल निर्माणका लागि सर्वेक्षण गरिएको छ । थप पाँच ठाउँमा पुल र स्विस क्याम्पबाट जापानिज क्याम्पसम्म पदमार्ग निर्माणको आवश्यकता छ । बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies