काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन संविधान सम्बद्ध रुपमा नै घोषणा गरिएकाले तोकिएकै समयमा हुने बताएका छन् । प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलामा उनले मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता परेकाले आगामी वैशाखमा निर्वाचन हुनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।
उनले भने, “आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको हो”, उनले भने, “आगामी निर्वाचनमा शानदार बहुमत ल्याउनका लागि जनतासामु यथार्थ धारणा लिएर जानुपर्छ ।”
आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पादै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता जनाए । आगामी तीन महिनाभित्र अग्रपङ्तिमा रहेर काम गर्ने सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने अठोट गर्दै उनले जनताको जीवन नै आफूलाई सबैभन्दा प्यारो लाग्ने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले राष्ट्र र संविधान रक्षाका लागि सरकार सदैव क्रियाशिल रहेको धारणा राखे । उनले आफ्ना केही साथी पदका लागि सडकमा आन्दोलनसम्म गर्न पुगेको भन्दै त्यस्तो आन्दोलनले जनतालाई झुकाउन नसक्ने बताए।
प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा राजन भट्टराईले इञ्जिनीयरको काँधमा देश बनाउने ठूलो जिम्मेवारी रहेकाले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे । आयोजक संस्थाका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले निर्वाचनको मिति तय भइसकेकाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न नमिल्नेमा जोड दिए । देशलाई विकास र समृद्ध उन्मुख बनाउन इञ्जिनीयरको साथ सहयोग सरकारलाई सदैव रहने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: