Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

लेकसाइडस्थित बैदाम प्रहरीमा पहिलोपल्ट महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

कास्की । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाउनुभएको छ । केही दिनअघि मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इन्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरिन्। “हामीले पहिलोपटक महिला इन्चार्ज पाएका छौं, यो निकै खुशीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौँ”, पाण्डेले भनिन्।

इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताइन्। उनले भनिन्, “यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ । आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु ।” उनले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरिन् । उनले भनिन्, “नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।” उनले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन्। “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ ।” उहाँले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबमा नपरी नागरिकका लागि काम गर्ने बताए ।

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपानेलगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेकि थिइन् । लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE