काठमाडौ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से दुई हजार ३१५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७ विन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर रु छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरीदबिक्री भए । आजको वृद्धिसँगै बजार पूँजीकरण रु ३१ खर्ब १८ अर्ब २९ करोड ५४ लाख बराबर पुगेको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । कूल ११ उपसमूहको शेयर उकालो लाग्दा व्यापार, जीवन बीमा र लघुवित्त उपसमूहमा भने उल्लेख्य वृद्धि देखिएको छ । जलविद्युत् ७.२ ले ओरालो लाग्दा बैंकिङ १.०१, व्यापार २३२.९७, होटेल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, निर्जीवन बीमा ७८.०५, उत्पादन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५, जीवन बीमा २२१.०१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १० लाख १२ हजार ६६ बराबरको कारोबार भयो । यस्तै एनआइसी एसिया बैंक रु २२ करोड ९० लाख २४ हजार ८७९, सिभिल बैंक रु २० करोड ९९ लाख सात हजार ६९६, नेपाल पुनर्बीमा कम्पनी रु १८ करोड ६९ लाख ९७ हजार ८६८, नेको इन्सुरेन्स कम्पनी रु १७ करोड १० लाख पाँच हजार ३७३, नेपाल बङ्गलादेश बैंक रु १५ करोड ८४ लाख ९३ हजार ६१४, प्रभु बैंक रु १५ करोड ६५ लाख ६१ हजार ७५८, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड ९० लाख ९३ हजार ८५१ र एभरेष्ट बैंक रु १२ करोड ४२ लाख सात हजार ७८१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबार भएकामध्ये कूल ११८ कम्पनीको शेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, गुराँस लघुवित्त ९.९८, नारायणी डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, सामुदायिक लघुवित्त ९.९७, प्रभु लाइफ इन्सुरेन्स ९.९६, किसान लघुवित्त ९.९५, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९३, आरम्भ चौतारी लघुवित्त ९.९२ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।
यसैगरी युनाइटेड फाइनान्स ५.७१, मिर्मिरे लघुवित्त ३.११, नेपाल एसबिआई बैंक २.७९, रसुवागढी हाइड्रोपावर २.५८, साञ्जेन जलविद्युत् कम्पनी २.०६, शिवश्री हाइड्रोपावर २, एनआइसी एसिया ऋणपत्र १.९६, सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८६ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: