Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रतिव्यक्ति रु दुईबाट शुरु गरिएको बचत वार्षिक रु छ करोड बढी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोवार करिब रु छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक रु दुई जम्मा गर्ने गरी शुरु गरिएको अहिले वार्षिक बचत रु पाँच करोड ७४ लाख ५४ हजार ४६९ पुगेको हो ।

नियमित बचत गर्ने र आयमूलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीयवासीको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको थियो । सहकारीको आफ्नै भवन जालपामा शनिबार सम्पन्न २४ औँ साधारणसभामा सहकारीको निक्षेप रु तीन करोड ८८ लाख ७० हजार ७७२ पुगेको जानकारी दिइएको छ ।

शेयर पूँजी रु ४४ लाख १० हजार ५५०, रु तीन करोड २३ लाख ६६ हजार १५७ कर्जा लगानी गरेको र रु चार करोड ५० लाख ४० हजार १५८ ऋण असुली गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी एक करोड पुर्याउने लक्ष्यका साथ यस वर्ष रु सात लाख ६१ हजार ८५ लाभांशलाई शेयर पूँजीमा रूपान्तरण गरिएको सहकारीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

बिना धितो रु एक लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पूँजी वृद्धिका लागि शेयर पूँजी अभिवृद्धि कार्यायोजना पास गरिएको अध्यक्ष श्रेष्ठले बताए । “गत वर्षसम्म प्रतिशेयरको मूल्य रु ११४ थियो । अहिले प्रतिशेयर मूल्य रु १२१ पुर्याइएको छ”, अध्यक्ष श्रेष्ठले भने, “यसअघिसम्म प्रतिव्यक्ति १०० कित्ता शेयर किन्नुपर्ने व्यवस्था रहेकोमा यस वर्षबाट बढाएर प्रतिव्यक्ति १५० कित्ता शेयर किन्नुपर्ने व्यवस्था निर्धारण गरेका छौँ ।”

साधारणसभामा सहकारीका अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक प्रगति प्रतिवेदन, शेयर अभिवृद्धि कार्ययोजना र ऋण तथा बचत नीतिलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । वडाअध्यक्ष विकास राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले चालु आवको अनुमानित बजेट तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

यस्तै ‘बुढेसकालको सहारा मेरो मुद्धति खाता’ र ‘मेरो नानीबाबुलाई मुद्धति खाता’ सञ्चालन गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचारलगायतका शीर्षकमा १५ प्रतिशत ब्याजका दरले ऋण प्रवाह गर्दै आएको छ ।

सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनिट्रान्सफरलगायतका सेवा प्रवाह गर्दै आएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आवदेखि माक्पा र सप्तेश्वरमा समेत कारोवार शुरु गर्ने तयारी गरेको छ । हाल जालपा, खार्मी र हौंचुरका १०१ बचत समूहका एक हजार ३७२ शेयर सदस्य रहेको सहकारीले दैनिक रु पाँच लाख रेमिट्यान्स कारोवार गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाका नागरिकलाई बचत गर्ने बानीको विकास गर्दै आयआर्जनमा वृद्धि गराउन ‘एक वडा, एक सहकारी’को नीतिसमेत पारित गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies