Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अब हट्नेछ भुस्याहा कुकुरको समस्या

गलकोट । भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ ।

यसका लागि दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिए । सोमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

यस्तै २२८ कुकुरलाई रेविज विरुद्धको सुई लगाइएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडाछोडिएका कुकुर तथा घरपालुवा कुकुरलाईसमेत बन्ध्याकरणमा समावेश गरिएकोे छ । कुकुरकै टोकाइबाट कयौँ घाइते भएर पोखरा र काठमाडौँसम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।

बन्ध्याकरण शिविरमा रेविज विरुद्धको खोप पनि लगाइएको थियो । वरिष्ठ पशु चिकित्सक शङ्कर पाण्डे, अर्जुन अर्याल, विकास गिरी, खितबहादुर श्रेष्ठलगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजीकरण गरेका थिए ।

शिविर सञ्चालन गर्दा २०० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले जानकारी दिए । “एउटा कुकुरले वर्षमा दुई पटक मात्रै ब्यायो भने ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनीकरण भएपछि रेविज रोग पनि घट्ने भएकाले यो अभियान शुरु भएको हो ।” श्रेष्ठले भने, “बन्धयाकरणले कुकुरको सङ्ख्या तत्कालै नघटे पनि विस्तारै कम भएर जानेछन् ।” भुस्याहा कुकुरलाई न्यूनीकरण गर्न तथा सन् २०३०सम्म रेविज उन्मूलन गर्नका लागि बन्ध्याकरण थालिएको उनको भनाइ छ ।

यस्तै पशु चिकित्सक अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भए पनि लामो समय दुःखाइ नहुने गरी औषधि दिने गरेको बताए । उनले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरणसमेत गरेको जानकारी दिए ।

जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि ती निकायले पाँच लाख विनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका–१३ पैयूँपाटाबाट आउनुभएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए ।

धेरै कुकुर पाल्न नसकिने र रेविज विरुद्धको खोप लगाउने भएकाले आफूले कुकुर लिएर आएको उनले बताए । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र टोकीहाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको जानकारी दिए । जिल्लाका विभिन्न ग्रामीण भेगमा कुकुरले मानिस तथा पशु चौपायालाई टोकेर घाइते बनाएका घटना पनि समय समयमा आउने गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending