काठमाडौं । सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।
सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत उक्त वडामा स्थानीयसभा गठन गरेपछि सुशासन र वडा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीयले वडा कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणका आयोजनामा निगरानी गरिरहेको स्थानीय शिक्षक भक्तराज भण्डारीले जानकारी दिए।
वडा कार्यालयबाट हुने योजना र बजेटकाबारेमा वडाका केही व्यक्तिबाहेक कसैलाई थाहा नभएको र स्थानीयसभा गठनपछि वडाका अधिकांश समस्या समाधान भएको उनको भनाइ छ । वडामा रहेका आमासमूह, शिक्षक, विभिन्न टोलका अगुवा मिलेर गठन गरेको स्थानीयसभाले वडा कार्यालयबाट हुने सेवा प्रभाव, विकास निर्माणका योजना र समाजमा रहेका अन्य समस्याका विषयमा १५ दिन अथवा तीन महिनामा छलफल गरी सुशासन र पारर्दशीताका लागि आवाज उठाउने गरेका छन् ।
सभामा छलफल गरेर वडा कार्यालयबाट हुने सेवा प्रभावहमा ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता तथा समुदायमा रहेका अन्य समस्याका विषयमा समेत छलफल गरी समस्या समाधानका लागि वडाध्यक्षलाई अथवा नगर प्रमुखलाई सुझाव दिने गरेको स्थानीयसभाका सदस्यको भनाइ छ ।
त्यसैगरी मुक्त कमैया शिविरकी चुनुदेवी डगौरालाई वडा कार्यालयबाट दिइने सेवासुविधा र वडामा हुने विकास निमार्णका बारेमा कुनै जानकारी थिएन । उनले आफू स्थानीयसभामा सदस्य भएपछि मुक्त कमैयाका लागि बजेट आउने गरेको थाहा पाएको बताए।
वडाध्यक्ष मोहनबहादुर बस्नेतले स्थानीयसभाले जनताका समस्या लिएर आउने गरेको बताए। “स्थानीयसभाले यहाँ समस्याको पहिचान गरिदिदा वडा कार्यालयलाई पनि काम गर्न सहज भएको छ”, उनले भने, “समस्या समाधान लागि अग्रसर रहेका छौँ ।”
सञ्जिवनी नेपालका अध्यक्ष नितु भट्टले स्थानीय अगुवा मिलेर बनेको सभाले वडाको विकासका लागि छलफल गर्ने गरेको बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: