Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

राजनीतिलाई सही बाटोमा ल्याउन नेतृत्व गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताएका छन्।

नेपाल स्काउटद्वारा आज आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गरे।

बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उनले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराए । प्रधानमन्त्री ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्को दलमा भएका कारण विरोध गर्ने गरेको बताए।

उनले भने, “मानिसलाई उसले समृद्धिले मात्रै पुग्दैन, त्रास र असुरक्षा छ भने सुख हुँदैन, समाजमा शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अधिकार पायो तर त्यसको प्रयोग गर्ने वा प्रतिभाको प्रस्फुटन हुने वातावरण नभए ऊ सुखी हुँदैन, हामी हरेक व्यक्ति सम्मानित जीवन जिउन पाओस् भन्ने चाहान्छौँ ।” उनले भ्रुणको अवस्थादेखि वृद्धावस्थासम्म सुखी र भयरहित जीवन बाँच्न पाउनुपर्ने भएकाले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार पारेर छाड्ने सङ्कल्प व्यक्त गरे ।

‘बलात्कारका घटना रोक्न के कस्ता प्रयास गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’ भन्ने एक बालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले यस देश र विश्वका सम्पूर्ण बालबालिका हाम्रो भोलिको भविष्य भएको उल्लेख गर्दै नारीहरु पूजिने ठाउँमा देवता पनि रमाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको सन्दर्भमा समाजले महिलालाई सम्मान र महत्व दिने गरेको बताए। उनले चेलीहरु दुव्र्यवहार र बलात्कारमा पर्नु अमानवीय र घृणित अपराध भएकाले यस्ता अपराध रोक्न कानून कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरुलाई इश्र्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न पनि आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: