Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

देश निर्वाचनको वातावरणमा गइसक्यो : डा भट्टराई

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताए ।

“सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले भने ।

निर्वाचन आयोगले तयारीका लागि १२० दिन चाहिने भनेकामा त्यसभन्दा बढी समय दिएर घोषणा गरिएकाले पनि समय पुग्दैन भन्ने प्रश्न नै नआउने डा भट्टराईको विचार थियो । बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीले चुनावको सिफारिस गर्दा जायज हुने तर नेपालमा नहुने होइन भन्दै उनले अहिलेको परिस्थितिमा चुनावको विकल्प नरहेको स्पष्ट गरे ।

नेपालको मूलधारका कम्युनिष्ट पार्टीको आन्दोलन रुस, चीन कसैका पनि पक्षमा नलागी नेपालकै परिवेशका आधारमा अघि बढेकाले हालै आएको चिनियाँ पक्षबाट यहाँको राजनीति प्रभावित नहुने उनको भनाइ थियो । चिनियाँ पक्ष निर्णय लाद्न नभई यहाँको परिस्थिति बुझ्न मात्र आएको डा भट्टराईले बताए ।

केही संवैधानिक विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले पनि गतिविधि गर्न नहुने उनको आग्रह थियो । जिम्मेवार नेताहरुले सभ्य भएर विचार राख्नुपर्नेमा पनि डा भट्टराईले जोड दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: