Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

बचत रकम फिर्ता माग्दा सहकारी संस्थाको अवस्था दयनीय

फुङ्लिङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका समयमा पर्यटन व्यवसाय सङ्कटमा परेकाले ताप्लेजुङका पर्यटन व्यवसायी आफ्नो बचत फिर्ता लिन थालेका छन् ।

कोरोना महामारीका कारण कञ्चनजङ्घा क्षेत्रमा पर्यटक नआएपछि दैनिकी चलाउनै समस्या भएसँगै संरक्षण बचत तथा ऋण सहकारीसंस्थाबाट उनीहरुले आफ्नो बचत फिर्ता लिन थालेका हुन् ।

हिमाली बस्तीका समुदायमा वित्तीय पहुँच पुर्याउन समृद्ध पहाड परियोजनाको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको संरक्षण बचत तथा ऋण सहकारी संस्थामा प्रत्येक पर्यटन व्यवसायीले बचत गर्दै आएको संस्थाका वित्तीय सहजकर्ता अभिषेक केदमले बताए ।

कञ्चनजङ्घा क्षेत्रमा यो वर्ष पर्यटक नआएसँगै पर्यटक व्यवसायीको दैनिकी निर्वाह गर्न समस्या आएसँगै बचत फिर्ता लिन बाध्य भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी टासीतेन्जी शेर्पाले बताए । उनले भने, “अघिल्लो वर्ष होटल राम्रो चलेको थियो । त्यसैको आम्दानीबाट बूढाबूढीले रु तीन लाख सहकारीमा बचत गरेका थियौँ । तर यसपालि पर्यटक आएनन् । होटलमा एक रुपैयाँ आम्दानी छैन, बाँच्नै समस्या भएपछि पुस ५ गते बचत फिर्ता लिएँ ।”

हिमपात हुन सिजन शुरु भएसँगै बर्खे जोहो गर्न सहकारीमा जम्मा गरेको बचत फिर्ता लिन बाध्य भएको होटल व्यवसायी केल्साङ शेर्पा बताए । कञ्चनजङ्घा आधार शिविर घुन्सा, खाम्बाचेन, लोनक, फले र ग्यापलाका होटल व्यवसायीले गत ५ पुससम्म रु ११ लाख सो सहकारीमा बचत गरेका थिए ।

पर्यटक नआएपछि दैनिकी चलाउन ठूलो बचत फिर्ता दिनुपर्ने भएपछि सहकारी आर्थिकरूपले कमजोर भएको केदेमले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies