Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

भीरमाहुरीको महबाटै जीविकोपार्जन

भजनी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् । उनको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्दछन् । “बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम ठिक्क हुन्छ”, उनले भने, “हामी बर्सेनि यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।”

कैलालीको जोशीपुर, लम्की, भजनी, बर्दियाको राजापुरलगायत क्षेत्रमा भिरमाहुरीको मह काढ्दै नीरज टीकापुर पुगेका छन् । उनी मात्र नभइ उनको समूहमा १२ छन् । उनीहरुले साँझ बिहान मह काढ्ने र दिउँसो त्यही मह बिक्रीका लागि गाउँगाउँ डुल्ने गरेका छन् । भिरमाहुरीले ठूला रुखमा, अग्लो र अप्ठ्यारो ठाउँमा घार बनाउने भएका कारण मह निकाल्न ज्यानको बाजी नै लगाउनुपर्ने रावतले बताए । उनले कोरोना महामारीका कारण यस वर्ष विगतजस्तो मह निकाल्ने काम गर्न नसकेको बताउँदै मह निकाल्न ढिलो हुँदा सोचेजस्तो आम्दानी नभएको बताए ।

“हाम्रो व्यवसाय नै यही मह काढ्ने हो । हामी असोजदेखि चैतसम्म मह काढ्दै, बेच्दै आएका छौँ”, उनले भने, “यहीबाट हामीले घर व्यवहार चलाएका छौँ । ज्यान जोखिममा राखेर मह काढ्ने गरेका छौँ ।” एउटा घारबाट दुईदेखि १० केजीसम्म मह उत्पादन हुने गरेको नीरजले बताए । उनले सम्बन्धित क्षेत्रसँग समन्वय गरी अधियाँमा मह काढ्ने गरेको बताउँदै त्यसबाट राम्रो आम्दानी हुने गरेका बताए । “हामी माहुरीको शुद्ध मह उत्पादन गरी गाउँगाउँमा गएर बिक्री गर्ने गरेका छौँ”, उनले भने, “प्रतिकेजी रु ७०० देखि ९०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”

यही पेशामा रहेका जगदीश जयसवालको परिवारमा १० सदस्य छन् । उनको आम्दानीको स्रोत त्यही मह नै हो । वर्षको करिब छ महिना मह निकाल्न दौडहामा निस्कने उनी यही मह बिक्री गरेर कमाएको पैसाले छोराछोरीको पढाइलेखाइसँगै घर खर्च पनि चलेको बताए । “कामका लागि जति दौडधुप गरे पनि काम पाइँदैन र आफूसँग अरु सीप पनि छैन”, उनले भने “जेजति सिकियो, भिर, रुख तथा अन्य कठिन ठाउँमा गएर मह निकाल्न सिकियो । त्यही सीप लिएर देश दौडहामा निस्कने गरेका छौँ ।”

दुईदेखि तीन हजारभन्दा बढी घार मह निकाल्ने तयारी रहेको उनले बताए । “मह निकाल्न अझै धेरै बाँकी छ । तर चिसो बढेका कारण माहुरीले घर छाड्दै जाँदा उत्पादनमा कमी देखिएको छ ।” उनले बताए, “अब हामी यो क्षेत्र छाडेर भित्री मधेशतिर जान्छौँ । पुनः माघको अन्तिमसम्म मह निकाल्न फेरि आउँछौँ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending