Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नगरपालिकाले सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीय हर्षित

लहान । लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वषौँदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ । “गाउँबाट लहान बजार पुग्न पहिला साइकलमा एक घण्टा जति समय लाग्थ्यो”, लहान–१३ बस्तीपुरका रामअयोधी यादवले भने, “सडक कालोपत्र भएपछि लहान बजारसम्म पुग्न अहिले मुस्किलले १५ मिनेट लाग्छ ।” अब धुलो र हिलोबाट समेत मुक्ति पाएको आभाष भइरहेको उहाँको कथन छ । लहान–१३ बाट लहान बजारसम्मको करिब आठ किलोमिटरको कच्ची सडकलाई चालु आर्थिक वर्षमै कालोपत्र गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ ।

नगरपालिकाले ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको स्थानीय कपिलदेव यादवले बताए । “पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको काउली, भाण्टा, मुलालगायतका तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो”, स्थानीय गोदावरी कृषक समूहका अध्यक्षसमेत रहनुभएका यादवले भने, “तर अहिले सो सडकमा थुप्रै सङ्ख्यामा अटोरिक्साहरू चल्न थालेको छ, जसले गर्दा सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ छ ।

नेपालकै सबैभन्दा बढी वडा भएको सो नगरपालिकाले २४वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख मुनी साहले बताए । उनले कालोपत्र सडक निर्माणलाई शहरी र ग्रामीण क्षेत्रमा सन्तुलितरूपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे । नगरप्रमुख साहका अनुसार नगरपालिका क्षेत्रभित्रका करिब १४ किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी सडकमा समेत कार्य जारी छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending